कोरोनाबाट बच्न फ्रान्सका सबै शैक्षिक संस्था अनिस्चित कालकालागि बन्द

कोरोना भाईरसबाट बच्न सोमबारदेखि फ्रान्सका सबै शैक्षिक संस्था र शिशु सुधार केन्द्रहरु बन्द गरिने भएको छ । फ्रान्सेली टेलीभिजनबाट नागरिकका नाममा सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंले यस्तो निर्णय गरेका हुन् । फ्रान्सेलीहरुकालागि कोरोना भाईरसबिरुद्दको लडाई शताब्दिकै सबैभन्दा गम्भिर स्वास्थ समस्याका रुपमा देखिएको भन्दै उनले अनिस्चितकालिन बन्दको घोषणा गरेका हुन् । यो घोषणाका कारण एक करोड २० लाख बिद्यार्थीहरु प्रत्यक्ष मारमा परेका छन् ।

फ्रान्सको घोषणा आउनु अघि नै युरोपका ईटाली, डनेमार्क, नर्वे, युक्रेन,चेक रिपब्लिक, ग्रीस, पोल्यान्ड र आयरल्यान्डमा स्कुलहरु बन्द गरिसकिएको छ ।

राष्ट्रपतिले दीर्घ रोगीहरु, शारिरीक रुपले हिडडुल गर्न कमजोर नागरिक, ७० बर्ष भन्दा माथिका बृद्द बृदाहरुलाई बाहिर ननिस्कनपनि अनुरोध गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुका वालवालिकाको हेरचाहका लागि भने उनले सरकारले प्रान्तैपिच्छे डेकेयर सेन्टर खोल्ने योजना सुनाएका छन् । फ्रन्सेली राष्ट्रपती माख्रोंले भने ‘फ्रान्सेली जनताको प्रजान्त्रिक जिवन र संस्थागत हितकालागि यो गम्भिर रोगसित लड्नुको बिकल्प छैन । वैज्ञानिकहरुको सुझावलाई ध्यानमा राखेर यसकाबिरुद्द लडिने छ । स्वास्थ्य क्षेत्रका कर्मचारीहरु कार्यक्षेत्रमा खटिन पाउन् भनेर तिनका वालवालिकाको लागि प्रान्तैपिच्छे डेकेयर सेन्टर खोलिने छ ।”

यो भाईरसकै कारण फ्रान्सको आपतकालिन सेवा १५ मा दैनिक पचास हजार भन्दा बढी कल आउने गरेको छ । त्यसले गर्दा  अस्पत्तालहरुमा अत्यन्त भार बढ्दै गइरहेको छ । अहिले सम्म फ्रान्सका अस्पतालहरु कोरोना सँक्रमितहलाई उपचार दिन सक्षम भएपनि यहि गतिमा कोरोना बढ्दै गयो भने अस्पतालहरुले थप सेवा दिन नसक्ने अनुमान गरिएको छ ।

फ्रान्समा हालसम्म कोरोना भाईरसबाट ६१ जनाको म्रित्यु हुनुको साथै दुई हजार आठ सय ७६  जना संक्रमित भएका छन् । ति मध्ये एक सय २९ जनाको अवस्था गम्भिर छ । गएको २४ घण्टामा मात्रै छ सय जनामा कोरोभा भाईरस देखिएको छ ।

कोरोना भाईरसबाट खासगरि पर्यटन र यससित संवन्धित उध्योगहरु चौपट भएकाले तिनले बिहिबार सम्म ६० हजार कामदारहरुलाई काम बाट निकालिसकेका छन् । ति मध्ये अधिकांशले सरकारी भत्ताकालागि आबेदन दिएका छन्  उध्योग, कलकारखाना, होटेल, रेस्टुरेन्ट लगायतका क्षेत्रमा  ब्यापार ठप्प भएकाले कामदार र उध्योगी ब्यापारीहरुलाई कसरि संरक्षण गर्ने भन्ने विषयमा सरकारले विशेष योजना छिट्टै सार्वजनिक गर्ने घोषणापनि उनले गरेका छन् ।

अनावश्यक ठाउँमा भ्रमण नगर्न, कोरोना भाईरसको संस्क्रमण फैलिएपछि अनावश्यकरुपमा चाहिने भन्दा बढि सामान थन्क्याउने गर्दा खाद्द्य लगायतका विभिन्न वस्तुमा क्रितिम अभाव देखेकाले चाहिने सामान मात्रै किन्नपनि उनले नागरिकहरुलाई आग्रह गरेका छन् ।

यहि मार्चको १५ र २२ का दिन घोषणा गरिएको नगरपालिकस्तरिय निर्वाचन भने जारिराख्ने उनले सुनाए ।

युरोपेली मुलुकबाट अमेरिका जानेहरुलाई अमेरिकाले रोक्का गरेको विषयमा अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको आलोचना गर्दै उनले अमेरिकी राष्ट्रपतीसित छिट्टै वार्ता गर्ने बताएका छन् ।

स्विजरल्याण्डको तिसिनो प्रान्तमा आपतकालिन घोषणा

यसैबिच स्विजरल्याण्डको तिसिनो प्रान्तलाई आपतकालिन घोषणा गरिएको छ । ईटालीसित सिमा जोडिएको यो प्रान्तलाई बिहिबार साँझदेखि आपतकालिन घोषणा गरिएको हो ।

स्विजरल्याण्डको दक्षिणी भेगमा पर्ने यो प्रान्तका सिनेमा, होटेल, स्की रेसर्ट, जिम, नाईट क्लब लगायत केहि स्कूलहरु बन्दको घोषणा गरिएको छ । संघिय स्वास्थ्य विभागले अन्य प्रान्तहरुमापनि यहि निति अपनाउन सक्ने स्विस आँफो न्युजले जनाएको छ । यो निर्णय सँगै अब त्यहाँ ६५ जनाभन्दा बढि एकै थलोमा जम्म हुन पाउने छैनन् । रेस्टुरेन्टहरुलेपनि ५० जनाभन्दा बढि ग्राहकलाई राख्न नपाउने निर्णय गरिएको छ ।

तपाइँको प्रतिक्रिया