स्पेनमा क्षेत्री समाज गठन

-भोला लामिछाने / स्पेन

स्पेनमा बसोबास गरिरहेका क्षेत्रीहरुले आफ्नो छुट्टै संगठनको खाँचो परेको महसुस गरेका छन् । त्यसकालागि उनीहरु संगठित बन्न थालेका छन् । स्पेनमा बसोबास गरिरहेका सबै क्षेत्रीहरु संगठित बन्ने उद्देश्यले स्पेनको बार्सिलोना शहरमा क्षेत्री समाजको तदर्थ समितिनै गठन गरेका छन् ।

उनीहरुको भेलाले सोनु राउत को संयोजकत्वमा तदर्थ समिती गठन गरेको छ । उक्त समितीमा अध्यक्ष [संयोजक ] का रुपा सोनु राउतलाई छनौट गरेको छ ।  उपाध्यक्षमा सरोज राज विष्ट, उर्वसी खड्का, महासचिव ओम बहादुर बानिया, सचिव मनुष जंग खड्का, कोषाध्यक्ष सविता अधिकारी छन् । सदस्यहरुमा पुस्कर कार्की, बसन्त बिक्रम थापा, निराजन कार्की, सविनबानिया, राहुल बस्नेत, मुकेश क्षेत्री, रोहित खत्री, सविता के सी, राम बहादुर थापा, नरेन थापा छन् ।

समाजले सल्लाहकार समितिसमेत नियुक्त गरेको छ । डिक कार्कीको संयोजकमा गठित सल्लाहकार समितिआ सन्त बहादुर क्षेत्री, पुस्प के सी, सुन्दर रानाभाट, राजु शमसेर थापा, भोला लामिछाने, विष्णु रिजाल, पुस्प राज भन्डारी, दिपक क्षेत्री, सुमी घिमिरे सापकोटा छन् ।

स्पेनमा छरिएर रहेका क्षेत्री समुदायलाई एकत्रित गरेर समाजमा भैपरी आउने दुख सुखमा साथ दिन संस्थाको आवश्यकता परेको अभियन्ताहरूले बताएका छन् ।

तपाइँको प्रतिक्रिया