रामबाबु सापकोटाको अध्यक्षतामा जीपी फाउन्डेसन स्पेन गठन

पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जीपी कोइराला फाउण्डेशनको स्पेन शाखा गठन गरिएको छ । रामबाबु सापकोटाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ । फाउण्डेशनको उपाध्यक्षद्वयमा बिजय शर्मा दर्पण र कमल भण्डारी छन् । महासचिवमा एन के भट्टराई र कोषाध्यक्षमा दर्पण के सी चयन भएका छन् । त्यस्तै मुक्ति श्रेष्ठ, बिकाश कँडेल, प्रकाश पुरी, सुरज कुमार न्यौपाने, रेमण्ड शाही, मञ्जु तिवारी, प्रकाश गिरि र हरि शर्मा सदस्यमा चयन भएका छन् ।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्र प्रसाद शर्माको प्रमुख आथित्यताका साथै पूर्व अध्यक्ष पुष्प राज भण्डारी र निबर्तमान अध्यक्ष शालिकराम डुम्रेको बिशेष आथित्यतामा काङ्ग्रेस नेतृ सुजाता कोइरालाले स्थापना गरेको सो फाउण्डेशन शाखाको  एक कार्यक्रम गरेर गठन गरिएको हो ।

कोइरालाको प्रजातन्त्र, शान्ति र विकासको सपनालाई साकार पार्ने उद्देश्यका साथ समिति गठन भएको हो । जीपी फाउण्डेशन स्पेन गठन भए पश्चात यस संस्था सामाजिक एवं राजनैतिक दुबै क्षेत्रमा सक्रिय भएर लाग्ने फाउण्डेशनका अध्यक्ष राम बाबु सापकोटाले बताए । नेपालको राजनिति कालखण्डमा सक्रिय हुँदै आएका सापकोटा जनसम्पर्क समिति स्पेनका उपाध्यक्ष पनि हुन् । प्रवासमा रहे पनि नेपाली कांग्रेसका हितका लागि आउँदा दिनहरूमा अझै शशक्त रूपमा लाग्ने प्रतिबद्दता गरे  ।

तपाइँको प्रतिक्रिया