कोरोना भाईरसबाट संक्रमित हुन सक्ने आशंकामा तिन नेपाली फ्रान्सेली अस्पत्तालमा

कोरोना भाईरसबाट संक्रमित भएको आशंकामा तिन नेपालीलाई फ्रान्सेली प्रहरीले पक्राउ गरि फ्रान्सको पार्पिनिँयोँ अस्पत्तालमा भर्ना गरेको छ । ईटालीबाट स्पेन हुँदै फ्रान्स छिरेका तिन नेपालीमा कोरोना भाईरसको लक्षण देखिएको आशंकाले गत बुधबार  फ्रान्सेली प्रहरीले पिरिने ओरियन्तालस्थित पेर्तुसको सिमा रक्षक प्रहरीले पक्राउ गरेको हो ।

फ्रान्सको आवाशिय इजाजत नभएकाले ति नेपालीहरुको नाम सार्वजनिक नगरिएको पेर्तुसस्थित प्रहरीले जनाएको छ । स्पेनको कातालोन्य क्षेत्रका प्रहरीले पक्राउ गरेर सोधपुछ पछि तिनलाई त्यहाँका प्रहरीहरुले फ्रान्सको आर्तुसस्थित सिमा रक्षक प्रहरीहरुलाई जिम्मा लगाएको फ्रँस आँफो २४ ले उल्लेख गरेको छ ।  ति तिन नेपाली ईटालीबाट स्पेन हुँदै फ्रान्स छिरेपनि युरोपेली परिषद (सेन्जेन) को अध्यागमन नियम र सुबिधा अनुसार फ्रान्सको प्रहरीले ईटाली फिर्ता नपठाई फ्रन्सकै अस्पत्ताल भर्ना गरिएको समाचारमा उल्लेख छ ।

आर्तुसका प्रहरीहरुले सोधपुछका क्रममा शंका गरेपछि पार्पिनिँयोँको अस्पत्तालसम्म निजि एम्बुलेन्समार्फत ति नेपालीलाई अस्पत्ताल पुर्‍याएका थिए । फ्रान्सको आवाशिय भिसा वा इजाजत नभएका ति तिन ति तिन आप्रवाशीहरु  नेपाली भएको भन्दै पार्पिनिँयोँका सरुवारोग विशेषज्ञले आर्थुस पोष्टको प्रहरीलाई खबर गरेका थिए ।

पार्पिनिँयोँ अस्पत्तालमा फोन सम्पर्क गर्दा ‘सुरक्षा र ब्यक्तिको स्वास्थ्य गोपनियताका कारण जानकारि सार्वजनिक गर्न नमिल्ने’ बताए ।

फ्रान्सका १२ प्रान्तमा हालसम्म एक सय ३० जनामा कोरोना भाईरस भेटिएको छ भने तिन जनाको म्रित्यु भएको छ । कोरोना भाईरसको संक्रमणका कारण राष्ट्रपती एमानुयल माक्ख्रोंले आज दुई प्रमुख भ्रमणहरु रद्द गरेका छन् ।

तपाइँको प्रतिक्रिया