पूर्व डिआइजी रमेश खरेलले राष्ट्रवादी आन्दोलन चर्काउने

-भोला लामिछाने, स्पेन

नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएका छन् । उनले त्यसकालागि राष्ट्रवादी आन्दोलन चर्काउने भएका हुन् । उक्त आन्दोलन चर्काउने उद्देश्यले उनले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको नेतृत्व गर्ने भएका छन् ।
बिहीबार राजधानीमा उक्त अभियानको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको खरेलले बताए ।

उक्त अभियानले भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका साथै सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई मुख्य प्राथमिकता दिने छ ।

अभियानमा सामाजिक व्यक्तित्वहरुका साथै केही पूर्वप्रशासक समेत सामेल छन् । अभियानले प्रारम्भिक छ महिनासम्मको गतिविधिलाई मूल्यांकन गरेर थप योजना तथा कार्यक्रम अघि सार्ने जनाइएको छ ।

२०७४ माघ २८ गते सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै खरेलले डिआइजी पदबाट राजीनामा दिएका थिए । प्रहरी संगठनमा खरेलले लोकप्रिय छवि बनाएका थिए । उनी सामाजिक आन्दोलनहरुमा सरिक रहँदै आएका छन् ।

‘हाम्रो नेपाल, हामी नेपाली’ सामाजीक संस्था बिदेशमापनि विस्तार गर्दै लगिने उनको उद्देश्य छ । यसको शुरूवात पछिल्लो आठ महिनादेखि नै गरिएको हो ।

तपाइँको प्रतिक्रिया