भोगेर लेखिरहेछु एउटा जिन्दगी

-प्रदिप सुबेदी

 

pradeep-shree-myagdi-doha-qatar

 

उदेक लाग्छ आज आँफैलाई

 

अलफरदानको गल्लिमा उभिएर

 

जेध्दा टावरको एक ढिक्का उँज्यालो छोप्दै

 

मलिनो अनुहार उघ्र्याउनु पर्दा

 

के गर्नु ……??

 

देश तिर त —

 

आँचल भरी आँशुका बाछिट्टा थाप्दै

 

आफ्ना सन्तान खोज्दै छिन् रे आमा

 

पाइला पिच्छे बुलेटका डोबहरु नियाल्दै

 

कल्पनामा कोरलिन्छिन रे ! उँजेली भाउजु

 

कतै !!

 

दाउरा लिन जंगल गएका बेला

 

बारुदले चिथोरिएका हर्के दाइहरु

 

मुग्लान पसी धन थुपार्ने सपनामा

 

मृत्‍युले जिन्दगी फोरिएका गोरे दाइहरु

 

फर्किन्छन कि,

 

एक बोरा नुन बोकेर

 

एक झोला जुन बोकेर

 

घरभित्रको आध्याँरो धपाउन

 

मनभित्रको अनिलो चपाउन

 

तर …….

 

बाँसुरी बज्दैन रे ! डाँडाहरुमा

 

रोदी चल्दैन रे !! भाकाहरुमा

 

चुलो जल्दैन रे !! छाप्राहरुमा

 

खै ! यसपाली

 

भर्खरै जुठेल्नोमा गन्हाइरहेको नयाँ बर्ष

 

बन्द हड्तालहरुले सरापिरहे होलान

 

हतियार बोकेर साँझहरु

 

कर्फ्युमा काँपिरहे होलान

 

त्यसैले पनि ,

 

छिप्दै, लुक्दै जोगाएर मृत्‍युबाट

 

साहुको ऋण सोजाएर ब्याजबाट

 

कतार पसेका म र बिर बहादुरहरु

 

स्यामलाल्, कृष्णलाल र जितबहादुरहरु

 

तड्पिनु परिरहेछ बालुवा र गिट्टिहरुमा

 

पग्लिनु परीरहेछ ४५, ५० घामका डिग्रिहरुमा

 

मात्रा एउटा कल्पनाहरुमा

 

मात्रा एउटा सपनाहरुमा

 

कतै आफ्नो परिवार भोकभोकै नमरुन नेपालमा

 

कतै काखको श्रीमती नभागोस अर्कै सँग नेपालमा

 

कतै प्रेमिका छोडेर नजाओस कसैसँग नेपालमा

 

टुक्राउँदै भाग भाग लगाएर

 

पशुपती नपरोस भारतको काखमा

 

सगरमाथा नउभियोस चाइनाको पाखामा

 

जय !! सान्ती होस् नेपालमा

 

जय !!! नेपाली जनता

 

जदौ !!!! जदौ !!!

 

ज्या – ६ म्याग्दी

 

हाल : कतार

तपाइँको प्रतिक्रिया