‘पर्यटन वर्ष २०२०’ को प्रचार गर्न नेपाली युवा स्विजरल्याण्डको हिमालमा

नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्दै हिमालप्रेमीहरुलाई आकर्षण गर्न नेपाली युवाहरु स्विजरल्याण्डको हिमाली क्षेत्र पुगे ।  आइतवार  स्विटजरल्याण्डको पर्यटकीय ठाउँ कान्तोन ओववाल्देन स्थित मेल्से फ्रुट पुगेका हुन् । त्यसकालागि “स्नो फन” कार्यक्रम घोषणा गर्दै उनीहरुले ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचार गरे ।

एन आर एन ए स्विटजरल्याण्ड र एस एन एस स्विटजरल्याण्डको संयुक्त आयोजनामा गरिएको उक्त भिजिट नेपाल २०२० को प्रचार प्रसार स्विटजरल्याण्डको हिमाली भेग ‘मेल्से फ्रुट“ बाट गरेका छन् ।

समुन्द्री सतहबाट १०८० देखि २२५५ मिटरको उचाईसम्म रहेको डाडाहरुमा हिम चिप्लेटी खेल्न हजारौं मानिसहरु आउने हुनाले यस्तो ठाउँबाट नेपालको प्रचार गर्दा हिमाल, हिउँ र हिमाली जिवनमा चासो राख्ने धेरै देशका पर्यटकहरुलाई आकर्षण गर्न सकिने भनाई आयोजकहरुको छ ।

स्विटजरल्याण्डको पर्यटकीय क्षेत्र तथा स्कीजोन(हिउँ खेल्ने ठाउँ) मेल्से फ्रुटमा आयोजना भएको उक्त कार्यक्रममा स्विसबासी नेपाली र नेपालप्रेमी स्विसहरु थिए । भिजिट नेपाल २०२० लेखिएको टिसर्ट लगाएका तिनले नेपाली झण्डा बोकेका थिए ।  बुद्ध र मन्दिरै मन्दिर र कलाले सजिएको नेपाल” जनाउने ब्यानरपनि तिनले बोकेका थिए ।

“भिजिट नेपाल २०२०” लेखिएको पातलो टिसर्ट १० फ्रान्कमा बेचिएको थियो । एन आर एन ए स्विटजरल्याण्डले आयोजना गरेको उक्त कार्यक्रममा व्यक्तिगत रुपमा पैसा लगानी गरेर “भिजिट नेपाल २०२०” को टिसर्ट बनाउनुपर्ने  भएकोले सहभागीहरुले यस्ता ब्यानर लगायत “भिजिट नेपाल” सम्बन्धिका प्रचार सामाग्रीहरु एन आए एन स्विटजरल्याण्डले नभई नेपाल सरकारले उपलब्ध गराउनुपर्ने माग गरेका थिए । यस्ता कार्यक्रममा प्रचार सामाग्रिहरु नेपाली दूतावासले उपलब्ध गराउनुपर्ने भनाई तिनको थियो ।

नेपाल सरकारले स्विजरल्याण्डस्थित नेपालीहरुको प्रतिनिधि गर्न भनि पठाएपछि नेपाली दुतावासले यस बिषयमा चासो देखाउनुपर्नेमा आवाज उठाएका थिए । नेपाली संघ संस्थालेपनि नेपाल र नेपालीको हितकालागि गरिने गैह्र राजनीतिक कार्यक्रममा खुलेर सहयोग गर्नुपर्नेमा जोड दिए । तर नेपाली दुतावास स्विटजरल्याण्डले यस्ता कार्यक्रममा यसरी नै चाँसो नदेखाएमा स्विसबासि नेपालीहरुले दुतावास बिरुद्ध आवाज निकाल्ने भन्दै उपस्थितहरुबिच दह्रो छलफल भएको थियो ।

(फोटोहरु – निराजन श्रेष्ठ)

तपाइँको प्रतिक्रिया