पेरिसमा तामाङहरुले सांस्क्रितिक कार्यक्रमसहित मनाए सोनाम ल्होसार

फ्रान्सवासी तामाङहरुले विविध सांस्क्रितिक कार्यक्रम गर्दै आफ्नो मूख्य पर्व सोनाम ल्होसार राजधानी पेरिसमा मनाएका छन् । तामाङ जातिका भेषभुषामा सजिएर  उनीहरुले आफ्नो पर्व मनाएका हुन् ।

तामाङ जातिहरुको आफ्नै मौलिक संस्क्रिति, भाषा र सभ्यता रहेकाले यसलाई जोगाउनुपर्ने उनीहरुको भनाई थियो । कार्यक्रममा आफ्नो भाषा, संस्क्रिति र सभ्यतालाई तामाङहरु जहाँ पुगेपनि संरक्षण गर्नुपर्नेमा जोड दिईएको थियो । आफ्ना वालवालिकाहरुलाई आफ्नो संस्क्रिति जोगाउनकालागि प्रेरित गर्नपनि तामाङहरु संस्थागत् रुपमा लागिपर्नुपर्ने बताउँदै त्यसका लागि तामाङ घेदुङ संघ स्थापना गरिएको जानकारि दिईयो ।

तामाङहरुले आफ्नो पर्व मनाउन कार्यक्रम आयोजना गरेपनि पेरिसस्थित बिभिन्न संघसंस्थालाई निम्ता गरिएको थियो । उनीहरुले कार्यक्रममा आफ्ना परिकारहरुसमेत तयार पारेका थिए ।

तामाङहरुको संस्था भनिएपनि नेपाल र फ्रान्समा आइपरेका बिभिन्न कठिनाईहरुमा सक्दो सामाजिक सेवा गर्दै नेपालमा भैपरि आउने बिपत्ति र अन्य क्षेत्रमा संस्थाले सामाजिक काम र सहयोग गर्ने जानकारि दिईयो ।

पेरिसमा तामाङहरुले सोनाम ल्होसार संगठित भएर सामूहिकरुपमा मनाएको यो पहिलो अवशर हो ।

तस्विरहरु- सुरेश लामा तामाङ

तपाइँको प्रतिक्रिया