स्पेनका राजा फिलीपे छैठौंसित राजदूत शेर्पाको भेट

-भोला लामिछाने / स्पेन

स्पेनका लागि नेपाली महामहिम राजदूत दावाफुटी शेर्पाले स्पेनका राजालाई भेटेकि छन् । आफ्नो ओहदाको प्रमाणपत्र लिने क्रममा उनले राजा फिलिपे छैठौंलाई भेटेकि हुन् ।

गएको शुक्रबार  स्पेनको राजधानी मड्रिडमा रहेको राजदरबारमा राजा फिलिपे छैठौं समक्ष ओहदाको प्रमाण पत्र लिएकी हुन् । महामहिम शेर्पालाई उक्त ओहोदाको  प्रमाणपत्र प्रस्तुत गर्न राजदरबारमा नै निम्त्याईएको थियो । यूरोपमा राजतन्त्रातमक मुलुक मध्ये स्पेनपनि हो ।

स्पेनका लागी दोस्रो राजदूतमा नियुक्त भएकी राजदूत शेर्पा चर्चित सगरमाथा आरोही पासांग ल्हामु शेर्पाकी छोरी हुन् । शेर्पा स्पेनको लागी दोस्रो राजदुत हुन् । पहिलो राजदूत भरत बहादुर रायमाझी थिए ।

अमेरिकामा उच्च अध्ययन गरेर नेपाल फर्केकी शेर्पालाई नेपाल सरकारले नेपाली दूतावास स्पेनमा राजदूत  नियूक्त गरेर स्पेन पठाउने निर्णय गरेसँगै  शेर्पा केही महिनाअघि मड्रिड पुगेकी थिईन् ।

स्पेनमा नेपालीहरूको बाक्लो वस्ती रहेको बार्सिलोनामा ल्होसार कार्यक्रममा प्रमुख आथीत्यता लिँदै स्पेनवासी नेपाली, नेपाल र स्पेनबीच पुलको रूपमा काम गरेर मूलुक र नेपालीको निम्ति लागिपर्ने  महामहिम राजदूतले बताएकी थिईन । साथै स्पेनबाट स्पेनीस नागरीकहरूलाई ठूलो संख्यामा पर्यटकको रूपमा नेपाल भित्रयाउन दुताबासले  भुमीका निभाउनु पर्ने र सबै नेपाली समूदायले यसमा सहयोग गर्नुपर्नै समेत उनले थपिन् ।

दावाफुटी अमेरिकाबाट फर्केपछि पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको अध्यक्ष बनेर पर्यटन प्रवर्धन र सामाजिक काममा सक्रिय थिइन। शेर्पा नेपाली केही महिला राजदूतमध्ये एक हुन् । दुताबास सग स्पेनवासी नेपालीहरू  निकै आशावादी छन् ।

तपाइँको प्रतिक्रिया