हाम्रा नेता

सुमन शर्मा 

 

suman-sharma-texas-usa

 

 

बिदेशीको ईशारामा चल्ने नेता हाम्रा

 

राकेश सुद ले फु गरे ढल्ने नेता हाम्रा !!

 

राम्रो काम राम्रै हुन्छ जस्ले गरे पनि

 

अर्काको देखेर जल्ने नेता हाम्रा !!

 

धोती गाँठेले सिमा सारी देश लाई खुम्चाउँदा

 

केही भएको छैन भनी छल्ने नेता हाम्रा !!

 

अमृत भनी पठाउँछन जनताले सिंहदरबार

 

जती मल्जल गरेनी विष फल्ने नेता हाम्रा !!

 

हरुवा डरुवा र छेरुवा को सरकार बनाउने

 

दिल्लीमा सलाइ कोरे बल्ने नेता हाम्रा !!

 

सुनेको थिएँ नेताहरु स्वाभिमानी हुन्छन

 

तर बिदेशीको काट्टो ले बदल्ने हाम्रा नेता !!

 

हाल- टेक्सस, अमेरिका

 

[email protected]

तपाइँको प्रतिक्रिया