पूर्व एन आर एन अध्यक्षलाई डेढ लाखको टेबल (प्रमाणसहित)

(डेढ लाखभन्दा बढिको टेबल छेउ उभिएर (देब्रेपट्टी) नयाँ अध्यक्ष कुमार पन्तलाई स्वागत गर्दै पूर्व अध्यक्ष भवन भट्ट)

एउटा राम्रो, बलियो, स्तरिय टेबलको मूल्य कति पर्ला नेपालमा ? २० हजार रुपियाँ ? एकदमै राम्रो टेबल किन्यो भने कति पर्ला त ? ५० हजार ? विश्वभरिका करिब ८० लाख नेपालीका अध्यक्षलाई लौ राम्रै टेबल लैजाउँ । अझ युरोपबाटै स्तरिय टेबल लैजाउँ भनेर युरोपेली कुर्सीनै किनेर लगेपनि कति पर्ला ? बढिमा दुई सय युरो अर्थात् २५ हजार जति । तर अचम्म लाग्ला तपाईलाई । हाम्रा पूर्व अध्यक्ष भवन भट्टको काठमाडौंस्थित एन आर एन ए सचिवालयमा राखिएको कोठाको टेबलको मूल्य एक लाख ५७ हजार पाँच सय हो ।

(एन आर एनले गत विश्व सम्मेलनमा प्रस्तुत गरेको आर्थिक प्रतिबेदनको एक भाग)

यो कुनै अनुमान गरिएको रिपोर्ट होइन । एन आर एन ए केन्द्रिय सचिवालयका कर्मचारीले पूर्व अध्यक्ष भवन भट्टको कोठाका लागि किनेको टेबलको मूल्य हो यो । र यो मूल्य हाकाहाकी वार्षिक आर्थिक प्रतिबेदनमै उल्लेख छ (फोटोमा हेर्नुस्, रातो अक्षरमा) ।

अब प्रश्न उठ्छ, के नेपालमा काठको टेबलको मूल्य डेढ लाख भन्दा बढि पर्छ ? यो टेबल कुनै हिरा, मोती र सुनले बनेकोपनि होइन । कतै सुन, हिरा र मोतीको लेपनपनि छैन । सामान्य काठकै टेबल हो । यति सामान्य टेबलको मूल्य नेपालमा कुन फर्निचर सोरुममा पर्छ डेढ लाख भन्दा बढि ?

आफू अध्यक्षमा चुनिएपछि कुमार पन्तले यि टेबल र कुर्सी हटाएर सोफामा बस्ने पद्दती बसालेको स्रोतको भनाई छ । तर उनले यो हिनामिनालाई कसरि छानबिनमा सहयोग गर्छन् भन्ने चाहिँ हेर्न बाँकि छ ।

त्यसो त, भ्रस्टाचार कति चिजमा भएको छ भन्ने आर्थिक प्रतिबेदन हेर्यो भने कहाली लाग्छ । अफिस फर्निचर एक, अफिस फर्निच दुई, तिन गरेर फर्निचरको मूल्य राखिएको छ । कार्पेट, कुर्सी, टेबल, फिक्सर, अफिस टेबल एक दुई तिन आदि छुट्टाछुट्टै शिर्षकमा खर्च देखाइएको छ । अफिस फर्निचर भनेपछि कुर्सी, टेबल, कार्पेट त्यसैमा पर्छ । तर त्यसरि एक एक तोकेर खर्च देखाइसकेपछिपनि फेरि अदर अफिस ईक्युप्मेन्ट भनेर चार लाख ४२ हजार पाँच सय २९ रुपियाँ ९८ पैसाको अर्को खर्च देखाईएको छ ।

सानातिना खर्चको सूची हेर्न थाल्यो भने त झन अचम्म लाग्छ । एन आर एन सचिवालयका लागि किनेक सामाग्रि छन् कि छैनन् भनेर जाँचबुझ गर्ने हो भने त झनै अचम्म लाग्छ । क्यानन क्यामराको मूल्य ३२ हजार छ सय २५ रुपियाँ छ । यो खासै महँगो त होइन । तर यो क्यामरा कसकालागि कुन प्रयोजनमा किनिएको हो भन्ने कतै छैन । यो क्यामरा कहाँ छ भन्नेपनि कसैलाई पत्तो छैन ।

एउटै टेबलको मूल्य डेढ लाख भन्दा बढि देखाएर को को मिलेर भ्रस्टाचार गरे ? के यति ठूलो रकम भ्रस्टाचार गर्न सचिवालयका सामान्य कर्मचारीले मात्रै आँट गरे होलान् ? यो पटक्कै सम्भव देखिँदैन । यसमा केन्द्रिय स्तरका कोहि न कोहि नेताको संलग्नताबिना संभवै छैन । त्यसो हो भने यो भ्रस्टाचारमा कोको संलग्न छन् ? यसको खोजिनिति र छानबिन गरेर कारवाहि हुनुपर्छ कि पर्दैन ?

एन आर एन एको गत विश्व भेलामा यो रिपोर्ट लिन नयनियुक्त केन्द्रिय सदस्यहरुले अस्विकार गरेका थिए । यो रिपोर्ट विश्व भेलाबाट पास गरिएको थिएन । यसरि विश्व भेलाले पास नगरेको आर्थिक रिपोर्टमाथि निस्पक्ष तरिकाले छानबिन हुनुपर्छ कि पर्दैन ?

(एन आर एन ए भ्रस्टाचार काण्डका अरु आयामकोपनि पर्दाफास हुँदै गर्छ, नेपालप्लस हेर्दै गर्नुहोला, फेसबूकमा पछ्याउनुहोला)

तपाइँको प्रतिक्रिया