बार्सिलोनामा ‘छ माया छपक्कै’

-भोला लामिछाने / स्पेन

नेपालमा सर्वाधिक लोकप्रिय फिल्म ‘छ माया छपक्कै’ अब सेनको बार्सिलोनाका  दर्शकमाझ आउने भएको छ । बार्सिलोनामा रहेको ब्रदरहुड ग्रुपले डिसेम्बर १६ तारिख सोमबार सिनेमा गिरोनामा  फिल्म प्रदर्शन गर्न लागेको हो ।

आयोजकले बार्सिलोनाको सिनेमा गिरोना हल अपरान्ह ४।४५ बजे फिल्म प्रदर्शन हुने जानकारी दिंदै  सबै बार्सिलोनामा रहनुहुने नेपाली दाजुभाई दिदीबहिनी हरूलाई फिल्म हेरेर मनोरन्जन लिन निम्तो दिएका छन् ।

‘छ माया छपक्कै’ पत्रकार दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । जसमा कलाकारहरु दीपकराज गिरी, केकी अधिकारी, प्रकाश घिमिरे, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, रमा थपलिया, अनुराग कुंवर, सविन बांस्तोला, शिशिर वाङ्देल लगायतको भूमिका छ ।

फिल्मले राजनीतिलाई पूर्णतः नकारात्मक दृष्टिकोणबाट व्याख्या गरेको छ । गाउँमा चलिरहेको दलीय राजनीति प्रस्तुत गर्दै गाउँ विकासमा दलको भर पर्न नहुने सन्देश दिएको फिल्म प्रदर्शक मध्ये एक  मानुषजडं खड्काले बताए ।

‘हामीहरू बिदेशमा  भएपनि नेपाली चलचित्रहरूको प्रवर्द्धन र विकासकोलागी का गरिरहेका छौं’ म्याड्डीड निवासी मेघनाथ ढकाल बताउँछन् । साथै म्याड्रिड र बेनड्रममामापनि उक्त चलचित्रको प्रदशन तयारी भैरहेको उनले भने । बिगत केही बर्ष यता बार्सिलोना लगायत स्पेनका बिभिन्न शहरहरूमा लगातार नेपाली सिनेमाहरू प्रदर्शन हुँदै आएका छन् ।

तपाइँको प्रतिक्रिया