भिजिट नेपाल २०२० सफल पार्न स्पेनमा पर्यटन प्रवर्धन कक्ष तथा एन आर एन हेल्प डेक्स स्थापना

-भोला लामिछाने / स्पेन

भिजिट नेपाल २०२० सफल बनाउन गैह्र आवाशिय नेपाली संघ स्पेन (एन आर एन ए स्पेन) ले छुट्टै कक्ष खडा गरेको छ । यसको स्थापनापछि भिजिट नेपालबारे अझ प्रभावकारिरुपमा प्रचारप्रसार गर्न र एन आर एन एका गतिबिधीलाई सुधार्न सहयोग पुग्ने छ ।

म्याड्ड्रिडमा रहेको नेपाली दुताबासले भिजिट नेपाल २०२० कार्यक्रम सफल बनाउन सबैमा अनुरोध गरेको छ ।

गत डिसेम्बर १, आईतबार नेपाली दुतावासमा गैह्रआवासीय नेपालीहरूसँगै स्पेनका लागि नवनियुक्त राजदूत महामहिम दावा फुटि शेर्पालाई स्वागत कार्यक्रम राखिएको थियो । त्यहि कार्यक्रममा नेपाल भ्रमण वर्ष सफल बनाउन दूतावासका तर्फबाट सबैमा अनुरोध गरिएको हो ।

दूतावासको कामलाई सहजिकरण गर्न र नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन केहि महत्वपूर्ण विषयमा छलफल गरिएको थियो । सोहि अवशरमा राजदूतबाट स्पेनबासी  नेपालीको तर्फबाट ग़ैह्र आवासीय नेपाली संघ स्पेनका अध्यक्ष दिनेश गुरुङ्ले हस्ताक्षर गर्दै पर्यटन प्रर्बद्धन कक्ष तथा एन आर एन हेल्प डेक्स हस्तान्तरण समेत गरेको छ ।

दूतावासकाे परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रममा राजदूत शेर्पाले स्पेनवासी नेपालीहरुलाई सम्बाेधन गर्दै नेपाली जनसमुदायप्रतिको  सकारात्मक सोच र योजनाहरुले आफू हर्षित भएको बताईन् । राजदूतवासको हरेक योजना र कार्यहरुमा स्पेनवासी नेपालीहरुलाई साथ र सहयोगको लागि उनले आह्वानसमेत गरिन् ।

एन आर एन ए युराेप उप संयोजक मुक्त बहादुर गुरुङ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य सुनिल रानाभाट, एनआरएनए स्पेनका पदाधिकारी तथा सदस्यहरू, क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्य, नेपाली संघसंस्थाहरुका प्रतिनिधि लगायतका नेपाली समुदायले नवनियूक्त राजदूतलाई खादा तथा पुष्प गुच्छाले स्वागत गरे । उनीहरुले स्पेनमा रहेका नेपाली समूदायका समस्याका बारेमा राजदूत शेर्पालाई अवगत समेत गराएका थिए ।

तपाइँको प्रतिक्रिया