फ्रान्समा भोलीदेखि आम हडताल; यातायात, स्वास्थ्य, प्रहरी, प्राधिकरण, शिक्षा क्षेत्रका सबैको सहभागिता

सरकारले अगाडि सारेको मूलत : पेन्शन सुधारको प्रस्तावका बिरुद्द फ्रान्समा भोलि  पाँच डिसेम्बरका दिन आम हड्ताल आव्हान गरिएको छ ।  यसमा बिद्दुत प्राधिकरण, स्वास्थ्य, स्कूल, क्याम्पस, फ्रान्सको सबैभन्दा ठूलो मजदूर युनियन सिजिटी, यातायात, बैंक, अग्नी रक्षक, सरकारी वायुसेवा एयर फ्रान्स, शिक्षा र हुलाक सेवाका कर्मचारी छन् । यस्ता आम हडतालमा सुरक्षा दिनुपर्ने प्रहरी संगठसमेत यो हडतालमा उत्रिएपछि फ्रान्समा ठूलो चिन्ता ब्यक्त गरिएको छ ।

सरकारको पेन्शन सुबिधा बिरुद्द मजदूर संगठनले डिसेम्बर पाँचका दिन शैक्षिक संघसंस्था, विमान, प्रहरी सुरक्षा, हुलाक, बस, रेल र ट्राम लगायतका सबै क्षेत्रमा म्रिततुल्य बनाउन खोजेको फ्रान्सेली मिडियाहरुले उल्लेख गरेका छन् । फ्रान्समा पाँचौ गणतन्त्र घोषणाको बेलापछि अर्थात गत ५० वर्षपछि यति ठूलो आम हड्तालको घोषणा गरिएको यो पहिलो पटक हो । यो हडतालले सम्पूर्ण यूरोपेली मुलुकमै प्रभाव पार्ने छ ।

सरकारले घोषणा गरेको पेन्शन सुबिधा कटौतीसँगै शैक्षिक विमा, भत्ता, ट्राभल सुबिधा, खाजा खर्च लगायतका विषयमापनि कटौती गर्ने भनेपछि शैक्षिक क्षेत्रका कर्मचारीहरु अत्तालिएका छन् । शैक्षिक क्षेत्रमा अहिलेनै कम तलब र बोनसको सुबिधा कम भएको भन्दै सरकारले अझै सुबिधा कटौती गर्ने योजना ल्याएपछि शैक्षिक क्षेत्रले पुरै हडतालमा समर्थन जनाएको हो ।

हुलाक सेवा बिभागमा कम सुबिधा भएको, काम गर्ने वतावरण कम भएको, कर्मचारीहरुलाई सिप सुबिधाको अवशर कम भएको भन्दै हुलाक सेवा बिभागको कर्मचारी युनियनले डिसेम्बर पाँचका दिन हडतालमा उत्रिन आव्हान गरेको छ ।

पढाईमा तल्लिन हुनुपर्ने बिध्यार्थीहरु खर्चका लागि तड्पिनु परेको, पार्ट टाईम कामकालागि भौंतारिनुपरेको, का ममा हिँड्दा पढाईकालागि समय अपुग भएको र त्यसकालागि सरकारी सहयोग नरहेको भन्दै विश्वबिध्यालयका विशेषज्ञहरुले यसमा सुबिधाको माग राख्दै आम हडतालमा समर्थन गरेका छन् ।

फ्रान्सको राजधानी पेरिसस्थित चार्ल्स द गोल विमानस्थल युरोपका अति ब्यस्त मध्ये एक हो । यहाँको विमान कंपनीका कर्मचारीको हडतालले सम्पूर्ण युरोपभरिनै नकारात्मक प्रभाव पार्ने भन्दै चिन्ता ब्यक्त गरिएको छ । यसको युरोपकै पर्यटन ब्यवशायलाई असर पार्ने बताइएको छ ।

बैंकिय क्षेत्रको प्रिष्ठभूमी भएका धनाढ्य राष्ट्रपती एमानुयल माख्रों धनीहरुका पक्षमा रहेको आरोप लगाउँदै जिले जोन अर्थात् पहेंलो कोट धारीहरुको संगठनले डिसेम्बर पाँचका दिन आआफ्ना संगठन र क्षेत्रका माग लिएर देशैभरि आम हडतालमा उत्रिन माग गरेको छ । जिलेजोन संगठनको समर्थन रहेकालेपनि फ्रान्समा लाखौं लाख नागरिकले यो हडतालमा समर्थन जनाउने अड्कल गरिएको छ । बिगत करिब एक वर्षदेखि जिलेजोनले आव्हान गर्दै आएको हडताललेनै सरकारलाई अप्ठेरोमा पारिसकेको छ ।

यो राष्ट्रिय हडताल नोभेम्बर २२ कै दिन घोषणा गरिएपनि सरकारले हडताल आव्हानकर्तासित समस्या सुल्झाउनकालागि प्राभवकारि वार्ता र बाटो नखोजेको भन्दै हडताल आव्हानकर्ताहरु क्रुद्द बनेका छन् ।

युरोपियन परिषदका दुई प्राभावशिल मुलुक फ्रान्स र जर्मनी हुन् । यो मुलुकमा भएका आम हडतालले अन्य युरोपेली मुलुकमापनि प्रभाव पार्ने भन्दै युरोपेली मुलुकले यो समस्या बेलैमा समाधान गर्न सुझब दिएको छ । फ्रान्सेली सरकारका तर्फबाट प्रधानमन्त्री फिलिप एडुवार्डले सरोकारवालाहरुसित पटक पटक वार्ता गरेपनि हडताल आव्हानकर्ताहरुसित सहमती हुन सकेको छैन ।

प्रधानमन्त्री एडुवार्डले देशको हित अनुकुल मजदूर युनियनहरु गम्भिर नबनेको गुनासो गरेका छन् भने मजदूर संगठनहरुले सरकार गम्भिर नबनेको आरोप लगाएका छन् । स्कूल, विश्वबिध्यालय, बस, रेल, अस्पत्ताल, प्रहरी, वायुसेवा निगम, हुलाक लगायतका सबै सामाजिक सेवा कम्पनीहरुलेसमेत हड्ताल आव्हान गरेपछि फ्रान्समा विविध खाले आलोचना र समर्थन शुरु भएको छ ।

आम नागरिकहरुले सरकारसमक्ष माग राखेपनि सम्पूर्ण सामाजिक सुविधा अवरुद्द गर्न नहुने, अंशिकरुपमा भएपनि सेवा दिनुपर्ने मत जाहेर गरेका छन् । तर मजदूर संघ संगठन र हडताल आव्हानकर्ताहरुले भने आफूहरुले आफ्ना उचित माग राखेर पटक पटक अंशिक र सांकेतिक हड्ताल गर्दै आएपनि सरकार गम्भिर नबनेकाले आम हडतालमा उत्रिनुपरेको दाबी गरेका छन् ।

तपाइँको प्रतिक्रिया