नेपालमाथिको भारतीय ज्यादती बिरुद्द बेलायतमापनि प्रदर्शन

नेपाली भूमीलाई आफ्नो नक्शामा राख्ने र हस्तक्षेप गर्ने भारतीय हर्कतबिरुद्द बेलायतका नेपालीहरुले त्यहाँको भारतीय दुतावास अगाडि प्रदर्शन गरेका छन् ।

गैह्रआवाशिय नेपाली संघ (एनआरएनए) युकेको नेतृत्वमा बेलायतस्थित नेपाली समूदायले संयुक्त रुपमा आज सोमबार भारतविरुद्ध प्रदर्शन गरेका हुन् ।

भारतले हालसालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्शाबाट नेपाली भूमी हटाउनुपर्ने, कालापानीबाट भारतीय सेना तत्काल हटाउनुपर्ने, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमी भएकाले त्यहाँ भारतीय अतिक्राण हुन नहुने लगायतका माग राखेर आज लन्डनस्थित भारतीय दुतावास अगाडी नेपाली समूदायले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीका क्रममा ब्याक अफ ईण्डिया, अर्काको जमिन नहडप, कालापानी र लिपुलेक नेपालको हो, भारतीय बिस्तारवाद मूर्दाबाद, आफ्ना छिमेकीलाई आदर गर, कालापानीबाट तत्कालै फिर्ता जाउ, सिमा अतिक्रमण बन्द गर जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । उनीहरुले त्यहाँ केहिबेर भारतीय सरकारका बिरुद्द नाराबाजी गरे ।

प्

रदर्शनीपछि नेपालीहरुले आफ्ना मागसहित ज्ञापनपत्र बुझाएका छन् । लण्डनस्थित भारतीय दुतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त ज्ञापनपत्र पठाएका हुन् ।

(तस्विर- चिरन शर्मा, बेलायत)

तपाइँको प्रतिक्रिया