पर्वत समाज स्पेनको दोस्रो अधिवेशनमा बिमलले नचाए सबैलाई छमछमी

-भोला लामिछाने / बार्सिलोना, स्पेन

यही नोभेम्बर २३ तारीख बार्सिलोनामा पर्वत समाज स्पेनको दोस्रो अधिवेशन ओमर गुरूड को अध्यक्षतामा भब्य रूपमा सम्पन्न भएको छ । उक्त अधिवेशनले बार्सिलोना निवासी दिनेश राज रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिती समेत चयन भएको छ ।

बेलायत निवासी अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरि, संरक्षक गोबिन्द सुबेदी, स्वीजरल्यान्ड निवासी समाजकै महासचिब गुणराज शर्मा लगायतका व्याक्तित्वहरूलाई आथित्यता गराउँदै बार्सिलोना उतारेर समाजले दोस्रो अधिवेशनलाई शभ्य र भब्य बनाएको हो ।

अधिवेशनलाई संबोधन गर्दै समाजका संरक्षक गोबिन्द सुबेदीले कार्यक्रममा महिला दिदीबहिनीहरूको उपस्थितीको प्रशंसा गरे । उनले त्यसकोलागि निवर्तमान अध्यक्ष ओमर गुरूडको संस्था प्रतीको योगदानको कदर गर्दै मंचबाटै खादा लगाएर सम्मान समेत गर्न भ्याए ।

‘हामी बिश्वभर छरिएर रहेका पर्वतेलीहरू एकजुट हुँदै मन मिलेमा ठूलाठूला सहयोगका कामहरू गर्न सक्छौं । आपसमा भाईचारा बढ्दै जान्छ । पर्वत समाजकै कारण अहिले हामीहरू यहाँ छौ’  शुभकामना दिदै सुवेदीले बह्ने । पर्वत समाजका अन्तराष्ट्रीय समन्वय परिषदका अध्यक्ष पुरन गिरीले पर्वतबासीहरूको लागी समाजले राष्ट्रीय अन्तर्राष्ट्रीय रूपमा विभिन्न सहयोगी कार्यक्रमहरू ल्याउने तयारी गरिरहेको बताए । उनले छिट्टै नै यूरोप स्तरिय भेला गर्ने निर्णय भैसकेको र यसको लागी बार्सिलोनालाई साथीहरूले जोड दिएको सुनाए ।

अधिवेशनमा एन आर एन ए यूरोप क्षेत्रीय उपसंयेजक मुक्त गुरूडले पर्वत समाज स्पेनले एन आर एन सगै सहकार्य गरि सहयोगी बन्दै आईरहेको र आगामी दिनहरूमापनि नयाँ कार्यसमितीले यसलाई निरन्तरता दिने आशा ब्यक्त गरे । ‘गोविन्द सुवेदी, पुरन गिरी लगायतका एन आर एनसमेत हाँकेका अभियन्ताहरू यस समाजमा हुनुहुन्छ । त्यसैले समाजले छिटो प्रगती गर्ने छ’ गुरूडंले थपे ।

कार्यक्रममा एन आर एन अन्तराष्ट्रीय समन्वय परिषद स्पेन सदस्य सुनिल रानाभाट, एन आर एन स्पेनका अध्यक्ष दिनेश गुरूड, जन सम्पर्क समिती स्पेनका अध्यक्ष ईन्द्र शर्मा, प्रवासी नेपाली एकता मंचका संयोजक हेम शेर्पा, पर्वत समाज स्पेनका सल्लाहकार शितल भुर्तेल भुसाल लगायतले शुभकामना दिएका थिए ।

लोकप्रिय लोक गायक बिमलराज क्षेत्रीको उपस्थितीले कार्यक्रम थप रौनक थपिएको थियो । दशकौं अघिका कर्णप्रिय नेपाली लोक गितहरू रानी घाटैमा, मधु बनैमा, सुपारी चाम्रो, लगायतका गितहरूमा कलाकार सँगै  दशर्कहरुपनि नाचेर रमाए ।

नेपाल लोक दोहोरी प्रतिष्ठानकी यूरोप क्षेत्रीय निवर्तमान अध्यक्ष सुमी घिमीरे सापकोटा, सुमधुर स्वरकी धनी समी गुरूड, लगायतका कलाकारहरूले क्षेत्रीलाई साथ दिएका थिए । अनन्त लामिछानेले संचालन गरेको कार्यक्रममा संतोष पौडेलले स्वागत मन्तव्य राख्दै समाजले गरेका कार्यहरूको संक्षीप्त ब्याख्या गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया