स्पेनका लागि नयाँ राजदूतमा पासाङ ल्हामुकी छोरी दावा फुटी शेर्पा

-भोला लामिछाने, यूरोप

प्रख्यात सगरमाथा आरोही स्वर्गीय पासाङ ल्हामु शोर्पाकी छोरी दावा फुटी शेर्पा स्पेनका लागि नयाँ राजदूतमा नियुक्त भएकि छन् । उनले स्पेनका लागि नेपाली महामहिम राजदूतको रूपमा कार्यभार शुरू गरेकी छिन ।

लामो समय अमेरिकामा अध्यन पश्चात मूलुक र प्रबासमा रहनु भएका नेपालीहरूको लागि  नै केही गर्ने उनको सोच थियो । आफूले पाएको शिक्षा र सिप आफ्नै नेपालीकालागि लगाउने उनको सोचले बिस्तारै मूर्तरूप दिने समेत बताएकी छन् । शेर्पाले  भनिन् ‘भर्खरै आएको छु । मलाई नेपाल सरकारले बिश्वास गरेर म माथि ठूलो आशा गरेको छ । म त्यो आशा र भरोसालाई मर्न दिन्न  ।’

स्पेनवासी नेपाली, नेपाल र स्पेनबीच पुलको रूपमा काम गरेर मूलुक र नेपालीको निम्ति लागिपर्ने बताउँदै थपिन् ‘प्रबासी नेपालीहरूका समस्या के कस्ता छन ? ती कुराहरुको अध्ययन गरेर अगाडि बढ्ने छु ।‘

स्पेनबाट स्पेनीस नागरीकहरूलाई  ठुलो संख्यामा पर्यटकको रूपमा नेपाल भित्रयाउन राजदुताले भुमीका निभाउनु धेरैले औंल्याएका छन् । शेर्पले त्यसमा प्रभावकारी काम गर्न सक्ने धेरैको आशा छ । शेर्पा स्पेनको लागी दोस्रो राजदुत हुन् । पहिलो राजदुत भरत बहादुर रायमाझी थिए ।

तपाइँको प्रतिक्रिया