रत्ननगर नगरपालीकाको बजेटमै अफ्रिकी गैंडा !

नेपालकै तेस्रो ठूलो पर्यटकिय गन्तब्य हो चितवन । चितवनकोपनि सबैभन्दा धेरै पर्यटक जाने ठाउँ सौराहा । त्यो रत्ननगर नगरपालिकामा पर्छ । नगरपालीकाका प्रतिनिधी, मेयर, उपमेयर र बाँकी अन्यको घर आँगनमै हिँड्छ एक सिंगे गैंडा । तर नगर पालिकाको बजेट निति, घोषणा र कार्यक्रममा राखेको फोटो हेर्नुस् त !

आफ्नै घर आँगन दौडिने गैंडाको फोटो नराखेर आफ्नो देशमै नपाइने अफ्रिकी दुई सिंगे गैंडाको फोटो राखेका छन् । यसबाट देखिन्छ, हाम्रा प्रतिनिधी कति हुस्सु छन्, कति लापर्वाफ गर्छन् र आफ्नै क्षेत्रका बारेमा कति अनबिज्ञ छन् । यो गम्भिरतापूर्वक गरेको काम होइन, झार टार्ने मनशायले हो भन्ने बुझिन्छ । यस्ता प्रतिनिधीबाट स्थानिय तहको सूचना, ज्ञान, संरक्षणमा कति आशा गर्नु ? हाम्रो नगर पालीकाका लम्पट प्रतिन्धीज्यूहरु तुरुन्त यो हटाएर एक सिंगे गैंडाको तस्विर राख्नुस् । नत्र अझै धेरै नांगिँदै जानुहोला !

तपाइँको प्रतिक्रिया