सिमाना हराएको देश
-दिलिप योन्जन
टनकपुर हरायो सम्झौतामा
महाकाली लुटियो सन्धिमा
टिष्टा काङ्गडाको त के कुरा
मेरो देशको राष्ट्रियता
बिर गोर्खालीको देशमा माटो हराईरहेछ
सन्धि र सम्झौता नबुझ्ने पशु नेताहरुले
राष्ट्र र राष्ट्रियतामाथी खेलबाड गरेको छ
पूर्वमा गएर पश्चिमको बिकास, रोजगारी
पश्चिममा गएर पूर्वको बिकास सुनाएकोछ
जनतालाई झुक्याउनसम्म झुक्याएको छ ।
बिरोध नभएको हैन बारुद गनाए पनि
मातृभुमीको माया नगरेको हैन नेपालीहरुले पनि
आश्वासन र विश्वास नदिएको हैन
कहिले नयाँदिल्ली….कहिले काठमाडौं…
मन्त्रि र सचिबको मिटिङले माटो र सिमाना हराए पनि ।
देशको नक्सा फेर्दैछ, नयाँ डोबमा पुरानो किल्ला
मातृभुमी रोएकोछ, स्वयम्भूको आँखा रसाएकोछ
ढुंङा गुडाएर, घुएत्रो हानेर जोगाएको देशको सिमाना
पैसा र बैसामा नेताहरुले राष्ट्रको माटो र पानी बेचेकोछ
योद्दाहरुको रगतले कोरेको रेखा र देशको अस्तित्व
मान्छेको रुपमा यि ब्वासाहरुले बेचेकोछ, मेटेकोछ
पाँच तारे होटेलमा हुस्की र स्कचमा रमाएको छ, नाचेको छ
राष्ट्रको सिमाना हराएको खुसीमा
देशको माटो बेचेको खुसीमा ।
अस्टिन, अमेरिका ।





