गोर्खालीको बिकास र संवृद्धिका लागि जर्मनीमा छलफल

गोरखाली समाज जर्मनीले हम्बर्गमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा ‘नेपाल वा गोरखा र गोर्खालीको बिकास र संवृद्धिका लागी एनआरएनएको भूमिका’भन्ने मुल विषयमा केन्द्रित रहेर बहस छलफल गरियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा कुमार पन्त कार्यक्रमको सभापति गोर्खाली समाज जर्मनीका सभापति बासु अर्यालले गरे । अतिथिहरुमा (युरोप क्षेत्रिय संयोजकका उम्मेदवार सन्तोष कुमार भट्टराई, युरोप क्षेत्रिय उप संयोजकका उम्मेदवार सुरेन्द्र प्रधान, एनआरएनए जर्मनीका अध्यक्ष हरि न्यौपाने, एनआरएनए जर्मनीका उपाध्यक्ष मिलन पन्तलगायत विभिन्न संघ संस्थामा आबद्ध समाजसेवीहरुको उल्लेख्य सहभागीता रह्यो । कार्यक्रमको संचालन गोर्खालस् समाज जर्मनीका कार्य समिती सदस्य  दिपक देवकोटाले गरे ।

कार्यक्रममा कुमार पन्तले आफ्नो भावि कार्ययोजना कस्तो छ भन्ने विषयमा प्रकाश पारे । उनले एनआरएनएको सदस्यता लिन किन जरुरी छ र यसबाट हामीले के कस्ता लाभ लिन सकिन्छ भन्ने विषयमा प्रस्ट्याउने कोसिस गरे । कार्यक्रममा प्रवाशमा बसिरहेका गोर्खालीहरुले आफ्नो जिल्लालाई के कसरि सहयोग गर्न सक्छन् भन्ने विषयमा छलफल भएको थियो।

तपाइँको प्रतिक्रिया