गजल

प्रकाश सापकोटा

 

prakasha-sapkota-golf

 

मेरो सामू आई नजर नझुकाउनु अबदेखि

 

अन्कनाई ओठमुख नसुकाउनु  अबदेखि

 

 

पिरतीको पोल्टोभित्र साँचेको त्यो उपहार

 

दिउँ कि नदिउँ गरीगरी नलुकाउनु  अबदेखि

 

 

गहभरि छचल्किन्छ भावनाको प्रतिबिम्ब

 

एकान्तमा मात्रै बह नफुकाउनु अबदेखि

 

 

आफ्नो मनोकामनालाई आफैंभित्र गुम्स्याएर

 

झयाप्पै आँटे कदमलाई नरुकाउनु अबदेखि

 

 

तिम्ले गर्दा मलाई पनि कस्तोकस्तो हुन्छ अचेल

 

खुली आउनु कि टाउकै नदुखाउनु अबदेखि

 

 

समयले कतिखेर कोल्टो फेर्छ पत्तो हुन्न

 

मौका आए हत्तपत्त नचुकाउनु अबदेखि

 

 

मेरो सामू आई नजर नझुकाउनु  अबदेखि

 

अन्कनाई ओठमुख नसुकाउनु अबदेखि

 

काभ्रे

 

हालः (दोहा)

 

तपाइँको प्रतिक्रिया