वार्सिलोनाको तिज : हल भरियो, दुखसुख साटियो

-भोला लामिछाने / वार्सिलोना, स्पेन

नेपाली पर्व मिठो खान, नाचगान गरेर रमाउने मात्रै होइन । हाम्रा नेपाली पर्व दुख सुख साट्नपनि उत्तिकै महत्वपूर्ण छन् । मनका वह पोख्ने चौतारीपनि बनेका छन् । नेपालबाट पराई मुलुकमा छरिएका धेरै परिचितहरुलाई एकै ठाउँ सोहोरेर चिनापर्चि गराइदिने माध्यमपनि बनेका छन् । यस्ता कार्यक्रम र नेपाली पर्व दुखसुख, रमाइलो, हाँसो र उकुसमुकुस बिसाउने साझा चौतारी बन्ने गर्छन् । यस पटक स्पेनको बार्सिलोनामा दिदीबहिनीहरुले आफ्नो पर्व तिजलाई यसैगरि मनाए ! भव्य रूपमा मनाए ।

प्रवासी नेपाली एकता मंच स्पेनको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । बार्सिलोनामा हरेक वर्ष प्रवासी नेपाली मंच स्पेनले मनाउँदै आएको थियो । यो कार्यक्रम यसपाली तत्कालीन नेपाली जन प्रगतिशील मंच स्पेन र प्रवासी नेपाली मंच स्पेन  मेलमिलाप भएपछि संयोक्त रुपमा  प्रवासी नेपाली एकता मंच स्पेनद्वारा गरिएको हो ।

एन आर एन स्पेन आई सी सी सदस्य शितल भुर्तेल भुषाल प्रमुख अथीती भएको कार्यक्रमको संचालन महासचीव अशोक किरण न्यौपानेले गरेका थिए । एकता मंचका संयोजक हेम शेर्पाले अध्यक्षता गरेका थिए । स्पेन स्थित संघ संस्थाहरूका प्रतिनिधी लगायत दिदीबहिनीहरूको बाक्लो उपस्थीती रहेको थियो । कार्यक्रममा केही अथीतीहरूलाई मात्र तिजको शुभकामना  दिन मञ्चमा बोलाईएको थियो । म्याड्डीडबाट निवर्तमान अध्यक्ष उत्रर राई अथीतीको आसनबाट बोल्दै सबैलाई आफ्नो परिचय सहित शुभकामना दिए ।

अपरान्ह चार बजे भनिएको कार्यक्रम दर खाँदै गर्दा ७ बजे पछी संचालन गरिएको थियो । स्पेनमा रहेका कलाकार दिदीबहिनीहरूको नृत्य सहीतको कार्यक्रममा यूरोप भ्रमणको क्रमना नेपालबाट आएका लोक दोहोरी गायक तारापती सुवेदी र गायीका लक्ष्मी नेपाली समेत उपस्थीत थिए । उनीहरु सबै दिदीबहीनी दाजुभाईहरूलाई भरपुर मनोरंजन दिन सफल भए । लक्ष्मी नेपाली स्टेजमा आफ्नो तिजका गानासहित नृत्य गर्दा सबै दिदीबहिनी सँगै नाचे ।

स्पेनमा हुने धेरै कार्यक्रमहरूमा हल भरिएको प्राय देख्न पाईदैन । तर तिजको कार्यक्रम भने प्राय भिडभाड नै हुने गरेको छ । समग्रमा भाषण छोट्याईएको कार्यक्रम मनोरन्जनमानै दिदीबिहीनीहरू बढि रमाए । एक आपसमा दुख सुख साटेर गाउँदै नाचे । प्रवासमा नेपाली दिदीबहिनीहरूको एक आपसमा परिचय र घुलमिल हुनपनि तिजको कार्यक्रम सफ़ल भएको छ ।

तपाइँको प्रतिक्रिया