यात्रामापनि घरि घरि जिस्काउन आइरहने ति पात्र

-सुधिर राना / पेरिस, फ्रान्स

यूरोपको बेफूर्सदिलो जीवन । काम । घर । फेरि काम । बाँक़ी रहेको अलीकती समय सामाजिक संघ संस्थाको कार्यक्रम मै व्यस्त भइन्छ । यसैगरी दिन, हप्ता, महीना हुँदै बर्ष बितेको पत्तै हुँदैन । लामो समय बिदामा नजाँदा पट्यार लागिसकेकोपनि थियो । यो दिनचर्याबाट छूटकारा पाऊन मन हतारिएको थियो । क़ेटाकेटीहरुकोपनि बिदाको समय भएकोले यसपाली केही दिन कतै गएर विश्राम लिने योजना बनेको थियो । निर्णय भयो, फ़्रान्सको उत्तर पश्चिममा पर्ने ब्रतान्य क्षेत्रको बेनोदे भन्ने ठाऊँ जाने । यो एटलांटिक महासागरको किनारमा छ । हामी बस्ने पेरिस भन्दा अलग्गै छ । यहाँ केहि दिन बिताएपनि अलग स्वाद पाइन्छ ।

अगष्टको अन्तिम साता मध्यान्ह पेरिसको मोपार्नासबाट सुरु भएको झन्डै चार घण्टाको ट्रेन यात्राले केही समयपछी गती लियो । नयाँ ठाउँ, अपरिचित शहरको यात्रा । क़ेटाकेटीहरु रोमांचित देखिन्थे । ऊनीहरुको अनुहारमा एक किसिमको चंचलता छाएको थियो । हुनत म ऊनीहरु भन्दा बढ़ी उत्सुकताले भरिएको थिएँ कि ? यस्तै लाग्दै थियो । मन स्थिर बनाउन खोज्छु कहाँ मान्छ ! हिन्दी फ़िल्मको एउटा गित “दिल तो बच्चा है जी, थोड़ा कच्चा है जी” भनेजस्तै भयो ।

छिन छिन मै कहिले किताबका पाना पल्टाएँ त कहिले युट्यूबमा संगीत सुनें । कहिले झ्यालबाट हुत्तिँदै गरेका सुन्दर हरिया फाँटहरुलाई नियालेँ । तर बाउ हुनुको नाताले परिपक्कता देखाएँ । त्यतिबिघ्न उत्सुक भएको ऊनीहरुले चाल पाएनन् । एक छिनपछी यसो आँखा चिम्लीएको के थिएँ मनमा एक किसिमको कूरा खेल्न थाल्यो । भरखरै सम्पन्न एनआरएनए फ़्रान्सको निर्वाचनको दौरानमा देखीएका केही पात्रका पारा र प्रबृतिमा बिल्कुल फरक प्रकृति । पहिले देखिएको ब्यक्तित्वमा निर्वाचनताका एकाएक भिन्नता । त्यसले मलाई सोच्न बाध्य बनाएको थियो । मैले कतै पढ़ेको थिएँ, हरेक मानिसका दुई वटा रुप हुन्छन । पहिलो, समाज अनुरूप देखिने वा देखाइने कृतिम खालको हुन्छ । अर्थात् सचेतन अवस्थाको । दोस्रो, रुप वास्तविक हुन्छ । तर अचेतन अवस्थाको । सामान्य अवस्थामा अनुमाननै गर्न नसकिने । त्यसका लागी बिशेष परिस्थिति सृजना हुनुपर्छ । पछिल्लो रुप उसले बाहीरी दुनियाँसँग लुकाएर राखेको हुन्छ । यस्तै पढेका कुरा स्मरण गर्दै थिएँ ।

मपनि साधारण मानिस न परेँ । मेरो मनमापनि केही संसय रहेछ, ती पात्र माथि । त्यसैले, यात्राका क्रममापनि त्यो पाटोले संझाइरहन्छ । खोतली रहन्छ । यात्रामा छु । हरिया फ़ाँटहरुमा रेल दौडिरहेछ । मन भने कता कता अतितमा घोत्लिरहेछ । हो ! तिम्रा केही अभिब्यक्तिले सतहमा हेर्दा म केही आन्दोलित थिएँ । तर मनको अन्तष्करणमा कतै बिचलित छैन । शान्त थिएँ र छु “ भन्ने स्टाटस राखें । साथी भाई, शुभ चिन्तक, आदरणीय ब्यक्तिहरुबाट लाईक, कमेन्ट आऊँदै गर्दा स्थापित पत्रकार दाजु ददी सापकोटाको कमेन्टले ध्यान खिच्यो ‘यात्रामा केही लेख्नुस है, म नेपालप्लसमा राख्छु’ भन्नुभयो । हुन त दाईले सधै लेख्न प्रोत्साहित गर्नु हुन्छ । ‘हस हुन्न्छ दाई’ त भने ! पाँच मीनेटपछी नै के लेख्ने ? बिषय बस्तु के ? म जस्तो साधारण मान्छेको यात्रा संस्मरण कसले पढ़ने ? ‘फ़सिस, सुधीरे फ़सिस’, भन्ने जस्तो लाग्यो । तर दाईले ‘पछिल्लो पटक एनआरएनए फ़्रान्सको निर्बाचनका दौरानमा लेखेको लेख राम्रो थियो नी’ भनेपछी मन एक किसिमले फ़ुर्कीएको थियो । त्यसैले आँट आयो ।

ट्रेन आफ्नै गतीमा छ । ऊ उसैको धुनमा छ । मेरो दिमाग चाहीँ समसामयिक घटनाहरुको बिचरनमा लाग्छ “रबी लामिछाने”अहिलेको जल्दोबल्दो घटना । म उनले गरेको सतकर्मको फ़ेहरिस्त सम्झीँदै छु । कयौं चेलीहरुले साऊदी अरब, इराक़, लिबियाबाट सरकारलाई नभइ उनलाई रुँदै रुँदै उद्धारकालागि याचना गरेको भिडीयो । उनको एकल प्रयासमा लगभग सबैलाई उद्धारपनि गरेको । कयौं भ्रष्टचारीलाई नंग्याएको । समाजका बेतिथी र विसंगति बिरुद्द पर्दाफास गरेको । कयौं निमुखालाइ न्याय दिलाएका यस्तै यस्तै । रबिपनि एक जना सामान्य मानिस नै हुन् । उनीबाट अपराध हुनै सक्दैन भन्नु अतिसयोक्ति होला । यस्तै उनले नै गरेको हुन् भनेर किटानी गर्नु पनि त नियोजित नहोला भन्न सकिन्न । अभियोग लागेकै भरमा अपराधी करार हुँदैन । देशमा कानुन छ । अदालत छ । सत्य तथ्य पत्ता लगाउने सयन्त्र प्रहरी प्रशासन छ । उनी दोषी ठहरिए सजाय पाउनै पर्छ । तर नियोजित हो भने त्यसलाई के भन्ने ? यही घटनामा मैले मेरा सेरोफेरोका साथीभाईको मानसिकता र सोचपनि यु टर्न भएको देखेको छु । किनकी यो घटनाबाट मानिसहरुको मनोवृत्ति प्रति मेरो दृष्टिकोण अस्वाभाविक रूपमा परिवर्तन भएको छ या भनौं म भ्रमित छु !

२१ औ सताब्दीका हामी मान्छे । अलि अलि पढेको मान्छे । अहिले जहाँ बसीरहेका छौं त्यो देशको उच्चतम शिक्षा, कानुन, मानब अधिकार, प्रजातान्त्रिक समाजवादको भरपुर उपभोग गर्छौं । तर आफ्नै देशको समाजमा भएका सामान्य घटनामा आफ्नो ठोस धारणा बनाउन सक्दैनौं । हाम्रो माथिबाट जे फरमान जारी हुन्छ त्यसैलाई रंग रोगन सहित आफ्नो धारणा बनाउँछौं । तथाकथित शिक्षित बर्गदेखि सामान्य आम नागरिकसम्म हामी कित्ता कित्तामा विभाजित हुन्छौं । अनि हामी नै चर्को स्वरमा कुर्लन्छौं ‘होइन हाम्रो समाज कता जाँदैछ’ भनेर ।

देशको सचेत नागरिक भन्दा पहिला हामी पार्टीका इमान्दार र होनहार कार्यकर्ता हुन्छौं सायद । हामी यति पनि सोच्दैनौ कि ! जुन किसिमको विकृतिलाई हामी पक्षपोषण गर्दैछौं भोली हामीपनि त्यसैको शिकार हुन सक्छौं । पिडित बन्न सक्छौं । यसले हाम्रो समाज, नयाँ पुस्ता, सन्ततिलाइ कस्तो प्रभाव पार्ला भनेर ।

एक जना मेरा नजिकका साथी जो अस्तीसम्म रविको गुणगान गाएर थाक्दैन थिए । कती पटक ‘सुधिर जी हाम्रो देशमा अझै २,४ जना रबी जस्ता मानिस चाहीएको छ’ भने । उनैले अस्ती अचानक आफ्नो फेसबूकको स्टाटसमा “अपराध गर, २,४ हज़ार धरौटी राख अनी फूलमाला सहित रिहा “ भनेर लेख्छ । रबीको समर्थनमा स्वस्फूर्त रूपमा बोल्ने लेख्नेलाइ या सडकमा निस्केका आम मानिसहरुलाई आजकल उ दुश्मनको संज्ञा दिन्छ । चेतना नभएको प्राणी आदि लेखेर संबोधन गर्छ । उसले प्रयोग गरेका अरु शब्दहरु यहाँ राख्नु उचित  लागेन । मलाई कहिले काहीँ लाग्छ, आजकल मानिसहरु आफ्नो एक इन्द्रियको स्वयम हत्या गर्दैछन् । नत्र यति बिघ्न संबेदनहिन किन हुन्थे होला र ! आफ्नो अनुकुल नभए नस्वीकार्ने प्रवृतिलाइ नत्याग्दासम्म खोइ देश त के समाज पनि परिबर्तन होला जस्तो लाग्दैन ।

‘महिला तथा सज्जनब्रिन्द, सबै यात्रुहरु ओर्लनुहोला’ रेलमा घोषणा गरियो । ओहो ! रेल गन्तब्य आइपुगेको घोषणाले मेरो सोचाइलाई भंग गरिदिएछ ।

क्रमश ……

तपाइँको प्रतिक्रिया