गजल
-प्रकाश सापकोटा
अञ्जानैमा राखेँ कि खै कमजोरीमा राखेँ
छातिभित्र मखमली पछ्यौरीमा राखेँ
कुन्नी कैले गरिएछ सुस्वागतम् पनि
देह खोली हृदयको मझेरीमा राखेँ
जव पस्यौ यो मनको कार्यालयभित्र
तिमी हाकिम आफूलाई नोकरीमा राखेँ
सपनीमा एकैसाथ मेला भर्न जाँदा
कैले जुहारी त कैले दोहोरीमा राखेँ
नयनको क्यामेराले क्लीक्क–क्लीक्क पारी
तिम्रै फोटो यो दीलको मेमोरीमा राखेँ
बनेपा, काभ्रे
हालः (दोहा) ।





