एनआरएनए फ्रान्सको नेत्रित्वमा नरेन्द्र शाही

हिजो आ इतवार गैह्र आवाशिय नेपाली संघ (एनआरएनए) फ्रान्सको निर्वाचन भयो । त्यसबाट नरेन्द्र शाही अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनीसितै उनको सिंगो टोली निर्वाचित भएको छ । शाहीले प्रतिद्वन्द्वी हरि सापकोटालाई पराजित गरे । जित र हारको मतमा ठूलो अन्तर देखियो ।

निर्वाचनबाट उपाध्यक्षमा अम्मर भण्डारी र गिता खनाल, महासचिवमा मिन कुमार श्रेष्ठ, सचिवमा राजु बस्नेत, कोषाध्यक्षमा लाल बहादुर सोडारी बियजी भए । महिला संयोजक मिली कोइराला बनिन् । यूवा संयोजकमा कसैकोपनि उम्मेदवारी नपरेकाले दिलिप गुरुङ चुनिएका छन् । यसैगरि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) सदस्यमा पान कुमारी मल्ल बिजयी भईन । सदस्यमापनि नरेन्द्र शाही पक्षधरकै जित भयो ।

निर्वाचन आयूक्त किरण प्रधानले बिजयीहरुको नाम सार्वजनिक गरेका हुन् । एन आर एन ए फ्रान्समा करिब तिन सय ७१ जना मतदाता थिए । ति मध्ये झण्डै ८० प्रतिशतले मतदान गरेका छन् ।

एनआरएनए फ्रान्समा हरेक दुई वर्षमा नयाँ नेत्रित्वकालागि निर्वाचन हुन्छ । आफू उपस्थित हुननसक्दा आफ्नो अताधिकार अरुलाई दिन सक्ने प्रावधानले गर्दा निस्पक्ष निर्वाचन प्रभावित हुनसक्ने र क्षमतावान उमेदवारले स्थान नपाउने हुन् कि भनेर धेरैले गुनासो गरिरहेका थिए । केहि यो प्रावधान भविषयमा हटाउनुपर्ने र केहि हटाउनुहुन्न भन्ने पक्षमा बिभाजित देखिए । नेपाली भएपनि विविध कारणले गर्दा आवाशिय अनुमति लिने क्रममा भूटानी बनेकाहरुलाईपनि एन आर एन ए फ्रान्सले समेट्नुपर्ने माग उठिरहेको थियो । सभाले यो आग समेट्नुपर्ने भन्दै एक विशेष समिति बनाएर विधान संशोधनको बाटो खुला गरेको छ ।   ।

निर्वाचित भैसकेपछि अध्यक्ष नरेन्द्र शाहीले निर्वाचन सामान्य कुरा भएकाले यसलाई हारजितका रुपमा नलिई आफूले सबैलाई समेटेर लैजाने बताए । निर्वाचनमा पराजित महासचिव पदका उम्मेदवार बिरु खड्काले नयाँ टिमलाई शुभकामना दिँदै आफूहरु पराजित भएपनि नयाँ टिमलाई सहयोग गर्ने बचन दिए ।

निर्वाचन अघि बन्द शत्रमा कोषाध्यक्ष मिन कुमार श्रेष्ठले आर्थिक प्रतिबेदन पेश गर्दा एन अर एन ए फ्रान्सले भूकम्प पिडितकालागि उठाएको रकम मध्ये करिब तिन हजार अनियमितता गरेको भन्दै सहभागिहरुले प्रश्न गरेका थिए । आय र ब्ययको रकममात्रै घोषणा गरेको तर बिल भरपाई भने नदेखाएको भन्दै हलबाट धेरैले खर्च गरिएको सबै रकमको बिल देखाउनुपर्ने माग गरेका थिए । खर्च र आम्दानीको हिसाबकिताब चुस्त राखेकाले चाख राख्नेले हेर्न सक्ने श्रेष्ठले प्रस्टिकरण दिए ।

तपाइँको प्रतिक्रिया