एन आर एन फ्रान्सलाई सुधार्ने प्रतिबद्दतासहित उत्रिए खड्का

लामो समयदेखि एन आर एन ए फ्रान्स खोपीको देउता जस्तै बनेको छ । खोपीको देउताले केहि गर्ला कि भन्ने विश्वास लाग्ने । फालिहाल्नपनि नसकिने किनकि त्यो देउता न हो । एक न एक दिन काम लागिहाल्छ कि ? देउतासित गएर ढोग्यो, बिश्वास देखायो, आदर गर्‍यो, अक्षता र फूल छर्कियो, जल चढायो केहिपनि नगर्ने । यस्तै खोपीको देउता जस्तो ठानिएको एन आर एन ए फ्रान्सलाई आमरुपमा सुधार्न केहि प्रतिबद्दता लिएर बिर बहादुर खड्का महासचिव पदको उमेदवारी घोषणा गर्दै मैदानमा उत्रिएका छन् । आफ्ना १४ बुँदे एजेण्डा लिएर उनी मैदानमा उत्रिएका हुन् ।

उनले उठाएका १४ बुँदे एजेण्डा भोट ताने, फकाउने, आस्वाशन बाँड्ने खालकापनि छैनन् । गर्न नसकिने खालकापनि होइनन् । उनले फ्रान्सका धेरै नेपालीलाई यसैपनि सहयोग गर्दै आएका छन् । पदमा नबस्दापनि अरुका अप्ठेराबाट तर्केका होइनन् । तर यो सहयोगलाई निर्वाचनसित जोडेर नहेर्ने अर्थात् यसो गरें उसो गरें भन्दै मत बटुल्ने गोटीको रुपमा प्रयोग नगर्ने घोषणा गरेका छन् । एन आर एनमा भएपनि नभएपनि यस्तो मानविय सहयोग गरिरहने उनले घोषणा गरेका छन् ।

एन आर एन ए फ्रान्सले गर्न सक्ने साना, मसिना ठानिएका तर तिनलाई कुल्चेर हिँडिएका ति महत्वपूर्ण कामकोलागि पहल गर्नेसम्मको प्रतिबद्दता उनको छ । गरेर छोड्छु भनेर बचन दिएकापनि छैनन् । तुलनात्म्करुपमा हेर्दा उनका प्रतिबद्दता भद्र, मननिय र महत्वपूर्ण छन् ।
उमेदवारले आफ्नो पद दाबी गर्दा त्यो पदमा बस्न लायक छु कि छैन ? यस्तो हेर्ने चलन निकै कम छ, एन आर ए फ्रान्समा । उनले महासचिव पद कस्तो हो, त्यो पदको जिम्मा पुरा गर्न के जान्नुपर्छ भन्ने खुलाएर अरुलाईपनि जिम्मेवार बन्न संकेत गरिदिएका छन् । ‘आफू फ्रान्सेली, अंग्रेजी र नेपाली भाषामा लेख्न, पढ्न र बोल्न सक्ने हुनाले महासचिवको जिमेवारी पुरा गर्न सक्ने’ दाबी गरेका छन् ।

उनले महासचिव पदमा उमेदवारी घोषणा गर्दै अगाडि सरेका प्रतिबद्दताहरु हेरौं ।

रान्समा बस्ने नेपाली दिदी बहिनी तथा दाजु भाइहरू एबं गैर आबासीय नेपाली संघका पंजिकृत सदस्य ज्यूहरू , नमस्कार

म बीर बहादुर खड़का ( बीरू खड्का ) नेपालमा चेतनाको जननी मानिने शिक्षा क्षेत्र, विशेष गरि अध्यापन, व्यबस्थापन र परामर्शको क्षेत्र साथै विभिन्न समाजिक संघ संस्थामा रहेर काम गरेको र यहाँ फ्रान्स मा पनि सामाजिक सकृयता र आफ्नो व्यबसाय संचालन का साथ साथै NRNA अभियान लाई मैंले केहि वर्ष देखि नजिकबाट चिन्ने मौका पाएको छु। म नेपाली, फ्रेन्च र अंग्रेजी भाषामा कार्यालय संचालनार्थ आवश्यक लेखपढ गर्ने दक्षता राख्दछु।

आगामी अगष्ट १८ मा हुन गैरहेको NRNA फ्रान्सको आठौँ महाधिबेशनमा मैंले महासचिव पदमा उम्मेदवारी घोषणा गरिसकेको छु।

मेरो उम्मेदवारी किन र के का लागि?

१.कुनैपनि संस्थाको साखलाई उचो राख्न महासचिवको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने विषयमा म राम्रोसंग जानकारी राख्दछु। हालसम्म विभिन्न संघ संस्था र पेशा-व्यवसायमा लिएको कार्यानुभवको आधारशिला एवम् सामाजिक सेवा भाव सहित आफ्नो उर्जा र लगनशिलतालाई निश्वार्थ, निष्पक्ष र विधान सम्मत तवरले NRNA France को गरिमा बढाउन मेरो महत्वपूर्ण भूमिका हुनेछ।

२.नियमित प्रशासनिक र व्यवस्थापकीय कार्यलाई अझ प्रभावकारी बनाई NRNA को मुलभूत उद्देश्यलाई केन्द्र विन्दुमा राखेर भूमिका खेल्नु पर्ने हालको आवश्यकतालाई मूर्त रूप दिनु मेरो उद्देश्य हो।

३.अग्रज देखि युवा पुस्तालाई साथ लिएर संस्थालाई महत्वपूर्ण योगदान दिन सक्ने बौद्धिक व्यक्तित्वहरूसँग सहकार्य गरेर अगाडी बढ्ने।

४.जवाफदेहिता को संस्कार बसाल्न र संस्था भित्रको आन्तरिक प्रजातन्त्र तथा सामाजिक एकता कायम गर्न यथोचित भूमिका निर्वाह गर्ने।

५.संस्थाको बृहत्तर हित र सिद्दान्त अनुसार सदस्यता प्रमाणीकरण र नवीकरण सम्बन्धी अस्पष्टता र अप्ठेरा हरुलाई सरलीकृत, सु-सूचित र सर्वमान्य बनाउने।

६.संघले निर्णय र निर्धारण गरेका कार्यक्रमहरूलाई छिटो छरितो र व्यवस्थित रुपमा कार्यान्वयन गर्न भूमिका निर्वाह गर्ने।
७.सबै संघ संस्थाहरू संग समन्वय र सहकार्य गर्दै विश्वासिलो वातावरण तयार गर्ने।

८.आर्थिक पारदर्शिता र सूचनाको हकलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने।

९.कुनैपनि नेपाली लाई परि आएको विभिन्न प्रकारको सहयोग गर्न सधै तत्पर छु, गरिरहेको छु र अझै गरिरहेने छु। कसैलाई कागजी, प्रसाशनिक, आर्थिक वा अन्य कुनै पनि समस्या परेमा निसंकोच सम्पर्क गर्न सक्नुहुनेछ। आफुले सकेको र क्षमताले भ्याए सम्म अवश्य सहयोग गर्ने छु। यो विषयले निर्वाचनमा हुने हारजित सँग कुनै सम्बन्ध राख्ने छैन।

१०.हालको विधानमा भएका अस्पष्टताहरु लाई वर्तमानको सान्दर्भिकता र उठेका प्रश्नहरूलाई सम्बोधन गर्ने गरि संशोधन गर्न पहल गर्ने।

११.बढ्दो संख्यामा रहेका नेपाली विद्यार्थीहरूले फ्रान्समा झेल्नु परेका समस्याहरूको पहिचान र तिनिहरूको न्युनिकरणको लागि पहल गर्ने।

१२.पेरिस भन्दा बाहिर रहेका नेपालीहरूलाई NRNA मा आबद्ध गर्न क्षेत्रीय समितिहरू बनाउन पहल गर्ने।

१३.NRNA फ्रान्सको कार्यालय स्थापना गर्न र वार्षिक स्मारिका प्रकाशित गर्न आवश्यक काम गर्ने।

१४.एन आर एन ए जस्तो बिश्वब्यापी संघ फ्रान्सको क्रियाकलाप केबल सामान्य भोज -भतेर , नाच-गान र खेलकूदमा सीमित छ । मलाई महासचिब पदमा बिश्वास गर्नु भयो भने मातृभूमि नेपालको समृधिकोलागि एन आर एन ए संयुक्त लगानी कोष बारेमा , नेपाली महिला हकहित अनि रोजगारी बारेमा , युवा तथा दोश्रो-तेस्रो पुस्ताका नेपाली सन्तानका बारेमा त्यसै गरेर गैर आबसीय नागरिकता आदि बारेमा छलफल र बिचार आदान प्रदान गर्ने गोष्टी तथा बैठकको व्यवस्था गरि सर्बहित र राष्ट्रिय हितको सवालमा सबैको मत र सम्मान गर्ने वातावरण बनाउने छु।

१५.यस NRNA अभियानमा जिम्मेवारी बोधका साथ यहाँहरुको माझमा आएको छु। तपाइहरूको अमूल्य मत र सल्लाह-सुझाव पाउने अपेक्षा छ। आगामी महाधिवेशनमा उपस्थित भई आफुले रोजेको उम्मेदवारलाई निर्वाचित गराउनु हुन सबैमा हार्दिक अपिल गर्दछु।

जय NRNA
M KHADKA Bir Bahadur
Paris- FRANCE

(N.B. PLZ UNTAG IF THE POST BOTHERS YOU. THANK YOU ALL FOR YOUR KIND SUPPORT, SOLIDARITY AND UNDERSTANDING)

तपाइँको प्रतिक्रिया