भोजमा बोलाएर खेलाडीको अपमान

  (कार्यक्रम शुरु भयो तर खै त खेलाडी ?)

बिधीबिधान र निर्वाचन आचारसंहिताको समेत ठाडो उल्लंघन गर्दै एन अर एन ए फ्रान्सले खेलाडीका नाममा अयोजना गरेको बारबाक्युमा खेलाडीकै अपमान गरिएको छ । एन आर एन फ्रान्सको खाताको रकम खर्चिएर खेलाडीका नाममा आयोजना गरिएको बार्बक्युमा खेलाडीहरु पुग्दा लगभग सकिएको थियो । साँढे दुई बजेबाट खेलाडीको सम्मानमा बार्बाक्यु राखिएको भनेपनि खेलाडीहरु साँझ सात बजेसम्म पुगेका थिएनन् ।

   (यहाँपनि खेलाडीहरुको उपस्थिति छैन)

बार्बाक्यु कार्यक्रम शुरु हुँदा कुनै खेलाडी उपस्थित थिएनन् जुन तस्विरलेनै बोल्छ । तर यस्तो बिवादित कार्यक्रममा निर्वाचन समितिका सदस्य घनश्याम पौडेल भने उपस्थित थिए । के निर्वाचन समितिको सदस्य यस्तो बिवादित कार्यक्रममा खेलाडीहरु पूर्वनै उपस्थित हुनु निर्वाचन आचारसंहिता बिरुद्द होइन ? निर्वाचन आयुक्त किरणचन्द्र प्रधान र अर्का सदस्य थान टण्डन भने उपस्थित थिएनन् ।

हिजो आइतवार सम्मान, स्वागत र बार्बाक्युमा सहभागि हुन बोलाइएका खेलाडीहरुको पेरिसको तिब्बतियन समूदायका फूटबल खेलाडीहरुसित लिग चरणको फूटबल म्याच थियो । उनीहरु त्यहि म्याचमा ब्यस्त थिए । यो कुरा बार्बाक्यु आयोजना गर्ने एन आर एन फ्रान्सलाई जानकारि थियो । खेलाडीहरु ब्यस्त भएको जान्दाजान्दैपनि खेलाडीहरुको नाम भजाएर आफ्ना मान्छेहरुको भेला गराउने, चुनावी रणनिति बनाउने, एन आर एनको सामूहिक पैसा खर्च गरेर आफ्नो स्वार्थमा चुनावको माहोल बनाउन यसलाई हतकण्डाको रुपमा प्रयोग गरिएको थियो ।

(हेर्नुहोस् निर्वाचन समितिका सदस्य घनश्याम पौडेल, देब्रेबाट दोस्रो रातो टिसर्टमा । तर निर्वाचन आयुक्त किरण प्रधान र सदस्य थान टण्डनभने उपस्थित थिएनन्)

नेपालप्लसको स्रोतका अनुसार साँझसम्मपनि खेलाडीहरु खेलमै ब्यस्त भएपछि एन आर एन फ्रान्सका अध्यक्ष एकेन्द्र मल्ल, महासचिव नरेन्द्र शाही र निवर्तमान अध्यक्ष भक्त वाग्लेले खेलाडीहरुलाई फोन गरिगरि उपस्थित भैदिन आग्रह गरेका थिए । तिब्बतियनसितको लिग म्याच सकेर साँझ आठ बजे बार्बाक्युस्थल पुगेका एक खेलाडीका अनुसार उनीहरु त्यहाँ पुग्दा खाने कुरा सकिइसकेको थियो । बार्बाक्यु आयोजक मध्ये एन आर एन फ्रान्सको एक गूट लिएर अगाडि बढेकाहरुको त्यहाँ चुनावी रणनिति चल्दै थियो । आफ्नो प्रतिद्वन्दिका रुपमा उपस्थित अन्य उमेदवार र आलोचकहरुको तिनले खिसिट्युरी गर्दै बसेका थिए ।

दिउँसो साँढे दुई बजेबाटै शुरु भएको बार्बाक्यु साँझसम्म उनीहरुलेनै निम्त्याएका र फाट्टफुट्टरुपमा मात्रै ति बाहिरकाले प्रयोग गरेका थिए । खेलाडीहरु समयमा नपुगेपछि आफ्नो कार्यक्रमको औचित्य पुष्टि गर्न मात्रै खेलाडीहरुलाई प्रशंसा गरेझैं गरेका थिए । दिनभरि फूटबल खेलेका खेलाडीहरुलाई फोन गरिगरि बोलाएर १० बजेसम्म आफ्ना कुरा सुनाउँदै थिए ।

एन आर एन ए फ्रान्सका अध्यक्ष एकेन्द्र मल्लले यस अघि नेपालप्लस सितको कुरोकानीमा यो कार्यक्रम निस्चित भैनसकेको, निस्चित भएपछि खबर गर्ने र अन्यको सुझाव लिएर रद्दपनि गर्न सकिने बताएका थिए । नेपालप्लसलाई यस्तो बताएपनि न त उनले बैठक राखे नत कार्यक्रम गर्ने निस्चित भएको निर्क्यौलनै गरे । उनले त्यसपछि कुनैपनि प्रतिक्रिया नदिई बसे ।

तपाइँको प्रतिक्रिया