इटालीको मिलानलाई जंगलको शहर बनाईने

(फोटो-नेपालप्लस डट कम)

हामी हरेक दिन गाउँवस्ति शहरीकरण हुन लागे भन्ने सुन्छौं । बनिसकेका शहर कंक्रिटको बस्तिमा फेरियो भनिन्छ । हाम्रै काठमाडौं, बिराटनगर, भैरहवा, बिरगंज लगायतका ठूला शहर दिनदिनै कंक्रिटको बस्तिमा बदलिइरहेका छन् भनेर हामी भनिरहेछौं । तर  बनिसकेको सुन्दर शहर मिलानलाई अब जंगलको बस्ति बनाउने ईटालीको योजना सुन्दा अचम्म लाग्न सक्छ । हामीलाई अचम्म लागेर के भो ? त्यहाँका मेयर गिउसेप (Giuseppe Sala) सलाले यस्तै योजना अगाडि सारेका छन् ।

                                                         (फोटो-डिटुर्स क्यानल)

                                                 (फोटो-नेपालप्लस डट कम)

हरेक वर्ष ब्रह्माण्डको तापक्रम बढ्दै गएको छ । शहर तातिँदै छ । नागरिकहरुलाई अनेक कष्ट थपिँदो छ । गर्मीले नयाँ रोग देखापर्दै गएका छन् । गर्मीमा रमाउने अनेक किरा र विषाणुहरु नयाँ नयाँ फेला पर्दै गएका छन् । एशियामा पाइने टाईगर मस्किटो भन्ने लामखुट्टे युरोपमा सबैभन्दा पहिले इीटालीमै फेला परेको थियो । यसले डेंगु लगायतका रोग फैलाउँछ । यो स्थिति भविष्यमा अझ बढ्ने देखिन्छ । हो यो समस्यालाई समाधान गर्न ईटालीको मिलान शहरका मेयर गिसेप सलाले यो शहरलाई जंगलभित्रको वस्ति जस्तै बनाउने योजना अघि सारेका हुन् ।

                                                       (फोटो-नेपालप्लस डट कम)

हरेक वर्ष ब्रह्माण्डको तापक्रम बढ्दै गएको छ । शहर तातिँदै छ । नागरिकहरुलाई अनेक कष्ट थपिँदो छ । गर्मीले नयाँ रोग देखापर्दै गएका छन् । गर्मीमा रमाउने अनेक किरा र विषाणुहरु नयाँ नयाँ फेला पर्दै गएका छन् । एशियामा पाइने टाईगर मस्किटो भन्ने लामखुट्टे युरोपमा सबैभन्दा पहिले इीटालीमै फेला परेको थियो । यसले डेंगु लगायतका रोग फैलाउँछ । यो स्थिति भविष्यमा अझ बढ्ने देखिन्छ । हो, यहि समस्यालाई समाधान गर्न ईटालीको मिलान शहरका मेयर गिसेप सलाले यो शहरलाई जंगलभित्रको वस्ति जस्तै बनाउने योजना अघि सारेका हुन् ।

                                                   (फोटो-नेपालप्लस डट कम)

डिटुर्स क्यानलका अनुसार सन् २०३० सम्ममा हरेक ब्यक्तिपिच्छे साँढे दुई वटा रुख पुर्‍याइने छ । यसलाई पुरा गर्न ३० लाख रोपिने छ । त्यसपछि शहरको तापक्रम घट्ने छ । अर्थात् रोपिएका रुखले मिलान शहरलाई सितल बनाउने छन् । यो शहर उध्योग कलकारखाना, फूटबल क्लब र उच्च अध्ययनकालागि शैक्षिक भत्ता दिने शहरका रुपमा विश्वमै चर्चित छ । यो योजनापछि मिलान इटालीको सबैभन्दा हरियालीयुक्त शहर बन्ने छ ।

                                                  (फोटो-डिटुर्स क्यानल)

मेयर गिसेप सलाले यहाँ निजि सवारी साधनको संख्या घटाउनपनि प्रशंसनिय काम गरिरहेका छन् । करिब ४० प्रतिशत निजि सवारी साधन बिस्थापित गरेर तिनको ठाउँमा बिद्दुतबाट चल्ने सार्वजनिक बस थपेका छन् ।

सार्वजनिक पार्क, निजि भवनका आँगन, सडक पेटीको कुनो र अन्य भवन छेउछाउ रहेको खाली ठाउँमा १५ हजार बिरुवा रोपिसकिएको छ । अब भने सडकका चोक, सार्वजनिक र सरकारी भवन, ठूला सामूहिक अपार्टमेन्टका बार्दली र छतमापनि रोपिने छ । जहाँ धेरै घाम पर्छ र छहारीको खाँचो छ त्यहिँ रुख रोप्ने मुख्या योजना नरपालिकाको छ । झट्ट हेर्दा मिलान शहरलाई जंगलभित्र लुकेझैं देखिने बस्ति बनाउने योजना गिसेपको छ ।

रुखको खाँचो कहाँ कहाँ छ भनेर पत्ता लगाउन उनीहरुले भूउपग्रहबाट शहरको नक्शा खिचिसकेका छन् । अहिले नगरपालिकाले नक्शाका आधारमा रुख रोप्नकालागि बाँकी कामको तयारि गरिरहेको छ ।

यो योजनाकालागि नगरपालिका एक्लो छैन । नगरप्रमुख गिसेप सलाले यो अभियानलाई सफल पार्न गज्जबको अक्किल निकालेका छन् । त्यो हो ‘नगरपालिकालाई कर तिर्नुहुन्छ । चेकमा तिर्नुस् कि नगद तिर्नुस् वा बिरुवा रोपेर तिर्नुस् ।’ अर्थात सरकारलाई तिर्ने कर मिलान नगरपालिकाको रुख रोप्ने अभियानमा लागेर रुखै रोपेरपनि तिर्न सकिन्छ ।

गिसेप सलाको यो अभियनका आलोचक नभएका भने होइनन् । उनलाई ‘ग्रिन वासिङ’ भन्दै खिसिट्युरी गर्नेहरुपनि छन् । तर उनले यो नसुनी आफ्नो निर्णयमा कड्डी कसेका छन् । तिनलाई उनले भन्ने गरेका छन् ‘यो आम जनता र मिलानको सुन्दर भविष्यकालागि राम्रो योजना हो । आलोचकहरुले खिसिट्युरी गर्दै जाउन् हामी काम गरेर देखाउँदै जान्छौं, यो काम रोकिन्न ।

                                                     (फोटो-नेपालप्लस डट कम)

                                                           (फोटो-नेपालप्लस डट कम)

तपाइँको प्रतिक्रिया