प्रहरीको ढाडमा किन चढे नेकपाका सांसद ?

हरेक हप्ता जस्तो कुनै न कुनै फोटो सामाजिक सन्जालमा महामारी रोगझैं फैलिन्छ । यो हप्ता फेरि एक जना सभासदको तस्विर महामारीमय बनेको छ ।  उनी हुन्, सुमन प्याकुरेल । एक जना प्रहरीको ढाडमा बोकिन रहर गरेपछि उनी सामाजिक सन्जालमा महामारी रोगझैं फैलिएका हुन् ।

गत हप्ता देखि नेपालमा बाढी र पहिरोले धेरैको ज्यान गयो । बाटाघाटा बन्द भए । अझै कति ठाउँमा बन्दनै छन् । थुप्रै नेपालीको ज्यान गयो । हजारौं घरबारबिहिन बनेका छन् । कोहि बेपत्ता छन् । यहि मेसोमा यि सभासदपनि पूर्वी नेपालमा बाढीले कति क्षती पुर्‍यायो भनेर अवलोकन गर्न गएका थिए ।

बाढीले पुर्‍याएको क्षती हेर्न भन्दै सभासद सुमन प्याकुरेल सुनसरी जिल्लाको तिलाठी पुगे । बाढी गएको ठाउँ हिलो हुन्छ, गोडा गाडिन सक्छन् । मैलो लाग्छ भन्ने हेक्का सबैलाई हुनुपर्ने हो । तर यि सभासदलाई भएन । उनले आफ्नो जुत्तामा हिलो लाग्ने डरले प्रहरीका जवानलाई ढाडमा बोक्न लगाएका हुन् ।

सभासदले बोक्न भनेपछि निमुखो, सानो पदको प्रहरीले नाईनास्ति गर्ने आँटपनि भएन । प्रहरीले सभासदलाई बोकेका बेला पत्रकार बिपी शाहले यो फोटो क्लिक्क पारिहाले । फोटो सार्वजनिक भयो ।

जनता बाढी र पहिरोले आक्रान्त भएका बेला आफ्नो क्षेत्रको सभासद आएपछि जनतामा केहि राहत पाइन्छ कि भन्ने आशा हुन्छ । जनताका प्रतिनिधीले जनतालाई आपत परेका बेला तिनको दुख र मर्ममा साथ दिनुपर्ने हो । तर यि सभासदले केहि बेर हिलोपनि सहन सकेनन् । जुत्ता फुकालेर केहि बेर सुरक्षाकर्मी र जनतासित हिँड्नपनि सकेनन्  । उनले आफ्नो महानता, सामान्ति संस्कार र पदको अहमता देखाइहाले ।

यि सभासद पहिले नेकपा एमालेका नेता हुन् । पछि एमाले र माओवादीबिच पार्टी एकता भएपछि नेकपाका नेता भएका छन् । यिनको घर राजबिराज हो ।

तपाइँको प्रतिक्रिया