हिमनदी बिष्फोटनले तपाईपनि पर्नुहुन्छ कि खतरामा ?

himalayan-glaciers-disapp-001

 

हामी नेपालीहरुले कति सहनुपर्ने खतरा पनि । हाम्रा टाउकामा खतरै खतरा । समस्या नै समस्या । बिदेशीले गाडी चलाउँछन् हामीलाई खतरा हुने। आधुनिक उपकरण प्रयोग गरेर मस्ति अरुनै देशक कति हो टाढा बस्नेले लिन्छ । तर त्यसको प्रभावले हाम्रो वातावरण बिग्रिएर हामिलाई असर । हाम्रो मौसम बिग्रिने । हाम्रो देशमा आगो लागि बढ्ने । वन मासिने, सुक्ने । कि अचाक्ली गर्मी बढ्ने कि वर्षा नहुने । अहिले फेरि बैज्ञानिकहरुले हाम्रो हिमाली क्षेत्रका हिमनदी पग्लिएर ठुलो मात्रामा जनधनको क्षती हुन सक्छ भन्दै फेरि हम्रो घाँटीमा खतराको अर्को घण्टी झुण्ड्याइदिएका छन् ।

 

त्यो हो हाम्रा हिमनदी (ग्लेसियर) हरु धमाधम पग्लिएर ताल बनिरहेका छन् रे । भन्नुहोला, हिमनदी पग्लिएर ताल बन्यो त के भो ? त्यो खतरा हो । हाम्रा हिमनदीहरु पग्लिएर ताल बनेभने कुनै दिन ति फुटेर तल बाढि आउँछ र तिनले हाम्रो डाँडापाखा, खेतीयोग्य जमिन मात्रै होइन सारा गाउँवस्तीपनि बगाउँदै लैजान्छ । अनि हजारौं लाखौंको बिल्लिबाठ हुन्छ । न खेती गर्ने जमिन रहन्छ हामी सित । न जिउको सुरक्षा हुन्छ । बैज्ञानिकहरुले अन्यत्र त के सगरमाथा क्षेत्रकै विशाल हिमनदीहरु पग्लिएर हिमताल बनेकाले जिउ धनको बिनास हुने ठुलो खतरा रहेको औंल्याएका छन् ।

 

यहाँ सँगै राखेका दुई तस्बिर ईम्जा भनिने हिमनदीको हो जुन सगरमाथा शिखरबाट जम्मा ६ किमीको दूरीमा छ । पहिलो तस्बिर सन् १९५० मा खिचिएको हो । सन् १९७० मा उक्त हिमनदीको केहि हिउँ पग्लिएर सानातिना हिमतल बनेको रहेछ । तर हेर्नुस त दोस्रो तस्बिर सन् २००७ मा लिएको । जहाँ पुछारमा निलो रंगको भयंकर ताल देखिन्छ । त्यो त्यहि ईम्जा हिमनदी पग्लिएर बनेको हो । सन् २००७ मा त ताल एक किलोमिटर लामो बनिसकेको रहेछ ।

 

सन् १९५० मा फ्रिज मुलर र एरविन स्नाईडरले इम्जा हिमनदीको फोटो खिच्न, नाप्न र नक्सा बनाउन गएका बेला खिचेको फोटो रहेछ पहिलो । दोस्रो पटक अमेरिकी बैज्ञानिक अल्टन बायर्स त्यहि ठाउँमा पुग्दा हिमनदी पग्लिएर यस्तो हालतमा देखेछन् । पछिल्लो अध्ययनले हाम्रा हिमाली भागका हिमनदीहरु हराएको र ब्यापक मात्रामा हिउँ पग्लेको देखिएको छ । त्यसको प्रभावले गर्दा हिमाली भागमा बस्ने मानिसको सुरक्षा जोखिममा परेको ति बैज्ञानिकहरुले बताएका छन् । पछिल्लो तस्बिर खेचेका बायर्सका भनाईमा साना हिमनदीहरु हराएका छन् । ठुला हिमनदीको हिउँको मात्रापनि आधा घटेको छ । त्यसरि हिमनदी सुकेर बनेका ताल बिष्फोट भएको खण्डमा तल्लो भागमा बस्ने बासिन्दाको जिवन जोखिममा पर्छ ।

 

अझ डरलाग्दो पक्ष त बायर्सले के औंल्याएका छन् भने हिमनदी भविष्यमा के कसरि पग्लिन्छ, तिनको भविष्य के हुन्छ र पानीको आपूर्ती कसरि के हुन्छ भन्ने कुनै निर्क्योल छैन ।  सन् १९५६ मा ईम्जा हिमनदीको उक्त तस्बिर लिँदा हिमताल अति सानो पोखरी जस्तो थियो । तर सन् २००७ मा त्यो बढेर एक किलोमिटर ठुलो ताल बनिसकेको थियो । इम्जा हिमनदी ५००० मिटर उचाईमा रहेका हिमनदी मध्ये सबैभन्दा ठुलो हो । अहिले यो हिमनदी वार्षिक ६४ वर्गमिटरका दरले पग्लिरहेको छ जुन हिमाली क्षेत्रमा पग्लिएका हिमनदी मध्ये सबैभन्दा तिब्र हो ।

 

सन् १९७५ देखि नेपालको तापक्रम वार्षिक एक दशमलव ५ सेन्टीग्रेटका दरले बढिरहेको छ । गत वर्ष संयुक्त राष्ट्र संघको वातावरणिय अनुगमन ईकाईले सन् २०३० सम्ममा ५ लाख वर्ग किलोमिटर हिमनदी पग्लिएर एक लाख वर्ग किलोमिटर मात्रै बाँकि रहने जनाएको थियो । ईम्जा नेपालका २७ खतरायुक्त हिमनदी मध्ये एक हो । यदि हिमाली क्षेत्रका ति हिमनदी पग्लिएर बनेको हिमताल बिष्फोट भएको खण्डमा त्यसबाट आउने बाढि र पहिरोले तल्लो भागमा बस्ने हजारौं लाखौ शेर्पा जातिको जिवन जोखिममा पर्ने मात्रै नभएर हाम्रा हिमनदी सुकेभने पनीको अभावले उत्पन्न खेडेरीबाट एक खर्व ३० करोड जनता प्रभावित हुनेछन् । किनभने, इन्दुस, याङ्चे, गंगा लगायतका थुप्रै नदी सुख्खा हुनेछन् जुन लाखौं करोडौं जनताको पानीको स्रोत हो ।

 

(तस्बिर र आलेख दुबै द गार्डिय दैनिकको जुन ४ तारिखमा प्रकाशित “क्याप्चर्ड अन क्यामरा:फिफ्टि इयर्स अफ क्लाइमेट चेन्ज इन द हिमालय” शिर्षकको आलेखमा आधारित छ)

तपाइँको प्रतिक्रिया