नेपाल कयुनिष्ट पार्टीको प्रशिक्षणमा एन आर एनका नेतापनि !

प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणका क्रममा गत जुन १३ तारिख बिहिबार नेपाल कयुनिस्ट पार्टीका कार्यकर्तालाई छोटो प्रशिक्षण दिइएको थियो । प्रधानमन्त्रीको स्वागतार्थ भनिएपनि त्यतिमात्रै थिएन त्यो । सबै नागरिकका प्रधानमन्त्री भएपनि उनलाई त्यसबिहान उनलाई भेट्न नेकपाका कार्यकर्ता हुनुपर्थ्यो । होटेल मोरिसको चौथो तलाको कोठामा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाहेक अरुकालागि प्रवेश खुला थिएन । त्यहाँ नेकपाका कार्यकर्ता बाहेक अरुले प्रवेश नपाओस् भनेर सूची हेर्दै कडाई गरिएको थियो । त्यहि प्रशिक्षणमा एन आर एन युरोप संयोजक शिव बरुवाल र एन आर एनका उपाध्यक्ष कुमार पन्तपनि सहभागि थिए ।

एन आर एन फ्रान्सको नेत्रित्व गरिसकेका, पूर्व अध्यक्ष भक्त वाग्ले, घनश्याम पौडेल लगायतका एन आर एनका स्थानिय नेता त हुनेनै भए । यि नेपाल कयुनिस्ट पार्टीको फ्रान्स कमीटीमापनि छन् । यिनले हरेक संस्थालाई राजनितिक ढंगबाटै सञ्चालन गर्न खोज्छन् । गरिरहेछन् । तर एन आर एन एलाई राजनितिक भन्दापनि सबैको साझा, स्वतन्त्र बनाउनुपर्छ भनेर हिँडीरहेका ठूला अभियन्ताहरुपनि पार्टीको प्रशिक्षणमा देखिनु स्वभाविक छैन ।

केपी शर्मा ओलीसितको भेटकालागि युरोपका केहि मुलुकबाट प्रवाशी नेपाली मञ्चको नामबाट कार्यकर्ता आएका थिए । प्रवाशी नेपाली एकता मञ्च पहिले नेकपा एमाले प्रवाशको संगठन हो । माओवादीको जनप्रगतिशिल अञ्च छ । पार्टी एकिकरण भएपनि प्रवाशमा भने अाअफ्नै संगठन चलाईरहेका छन् । माओवादी र नेकपा एमालेको पार्टी एकिकरणपछि दुबै संगठन सक्रिय छन् ।

कार्यक्रममा आफ्ना पार्टीका कार्यकर्तालाई प्रधानमन्त्री केपी ओलीले सानो प्रशिक्षण दिए । उनले दुई पार्टीको एकिकरण पछिको अवस्था, देश र सरकारको उद्देश्य, कारकारवाही, युरोप भ्राणको उद्देश्य र प्रवाशमा रहेर आफ्नो पार्टी कार्यकर्ताले खेल्नुपर्ने भूमिकाका बारेमा बताए ।

माओवादी र एमाले पार्टी एकिकरण भयो भनिएपनि धेरै ठाउँमा यि दुई पार्टीका कार्यकर्ताको मनको एकता भने हुनसकेको छैन । बिगतको तुस र झैझगडाको शेष त हुनेनै भयो । आफूआफूमा को ठूलो र को कुन नेताको प्रिय बन्ने भन्ने दगुरादगुरपनि बाँकिनै छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फ्रान्समा कसले स्वागत गर्ने, कसले मन्तब्य राख्ने भन्ने विषयमापनि तानातान भएको थियो ।
पछि बेल्जियमबाट आएका जनप्रगतिशिल मञ्च बेल्जियमका अध्यक्ष जित लामाले बेल्जियमको राजनितिक अवस्थाबारे बोले । जनप्रतिशिल मञ्चका पूर्व युरोप संयोजक सुरेन्द्र भुसालले युरोपको अवस्थाबारे सुनाए । प्रवासी नेपाली एकता मञ्च फ्रान्सका संयोजक भक्त वाग्लेलाई प्रधानमन्त्रीलाई फूलको गुच्छाले स्वागत गर्ने भाग परेको थियो ।

(सबै तस्विर-पेरिसनेपाल न्युज)

तपाइँको प्रतिक्रिया