पेरिसमा नेपाली मेलाको रमझम

नेपाललाई चिनाउने प्रमुख उद्देश्यले पेरिसमा दुई दिन नेपाली मेला आयोजना गरियो । पेरिस ब्वा द भाँसेन पार्क स्थित बुद्दको प्यागोडा भएको ठाउँमा नेपाली सांस्क्रितिक ग्रिहले गत शनीवार र आइतवगरि मेला आयोजना गरेको हो । मेलामा नेपालका बिभिन्न थरि न्रित्य देखाउनुका साथै नेपाली परिकारहरु राखिएका थिए । नेपालका गरगहना र हस्तकलाका सामाग्रिहरुकोपनि स्टल थियो ।

काठमाडौंमा देखाईने जिवित देवी कुमारीको रथयात्रा र लाखे नाचपनि देखाई एको थियो ।

मेलामा शैलेन्द्र महर्जनका कलापनि राखिएका थिए । नेपालका विविध क्षेत्रका बारेमा अध्ययन अनुसन्धान गरेका फ्रान्सेलीहरुले बिभिन्न विषयमा प्रवचनपनि राखेका थिए ।

नेपाली राजदूत दिपक अधिकारीले मेलाको उद्घाटन गरे । नेपाल र फ्रान्सको दौत्य संवन्ध स्थापित भएको ७० औं वर्ष भएकालेपनि यो वर्षको विशेष महत्व रहेको बताए । त्यसैले यो वर्ष बिबिध रुपले बिबिध कार्यक्रमका साथ मनाइने उल्लेख गरे । नेपाल र फ्रान्स भौगोलिक, सांस्क्रितिक र सभ्यताका हिसाबलेपनि धेरैमा समान रहेकाले नेपाल र फ्रान्सबिच सहकार्य हुनुपर्ने उनको भनाई थियो । नेपाल जाने पर्यटकहरुलाई जुन क्षेत्र गएपनि यताबाट नेपाली दुतावासले सूचना दिने, अन्य सहयोग गर्ने बचन दिए । नेपालीहरु मिलेर आफ्नो देशकोलागि उदाहरणिय काम गरेको भन्दै यसले नेपाललाई चिनाउन सहयोग पुग्ने राजदूत अधिकारीले बताए । नेपाली सांस्क्रितिक ग्रिह, फ्रान्सले यो मेला बिगत १६ वर्षदेखि गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया