पेरिसमा यसरि मनाईयो बुद्द जयन्ति (फोटैफोटो)

पेरिसका नेपालीहरुले सामूहिक रुपमा आइतवार विश्व प्रसिद्द आइफल टावर अगाडि बुद्द जयन्ति मनाएका छन् । पेरिसस्थित नेपाली दुतावास लगायत यहाँका संघ संस्थाहरुले सामूहिक रुपमा २५६३ औं बुद्द जयन्ति मनाएका हुन् ।

बुद्दका तस्विर र केहि पर्चासहित नेपालीहरु बुद्दको शान्तिको सन्देशलाई विश्वभर प्रचार गर्ने भन्दै जम्मा भएका थिए । तर उनीहरुले भनेजस्तो विश्वभरि बुद्दका सन्देश फैलिने कार्यक्राम हुन सकेन । विभिन्न संघसंस्था संलग्न भएपनि तयारी बिगत वर्षहरुमा भन्दा निकै कमजोर थियो । संघसंस्थामा संलग्न पदाध्कारीहरुनै पर्याप्त मात्रामा उपस्थित भएनन् । बिगत वर्षहरुमा झै बुद्दका वाणीहरु लेखिएका पम्प्लेट र पर्चापनि थिएनन् । आइफल टावर हेर्न आ उ ने बिदेशीहरु माझ नेपाल र बुद्दको प्रचार गर्ने उद्देश्य भएपनि प्रभावकारि देखिएन ।

बुद्द र उनको जिवनबारे सुनाईएको लामो सामाग्रि सुन्ने विदेशी त के नेपालीलेपनि उति चासो दिएर सुनेनन् । जहाँ छन् बुद्दका आँखा र फूलको आँखामा फूलै सन्सार भन्ने गित स्थानिय कलाकारले गाए । तर त्यसमा बिदेशीहरुको चासो हुने कुरै भएन । बिगतमा झैं फ्रान्सेली नागरिकलेपनि संलग्नता देखाएनन् । नेपाली राजदूत दिपक अधिकारीले पद सम्हालेको समय अति छोटो भएरपनि होला, दुतावासस्वयं आयोजकमध्ये एक हुँदापनि कार्यक्रम गतिलो हुन सकेन । तर राजदूत दिपक अधिकारीले नेपाल बुद्द र विश्व शान्तिप्रति गौत बुद्दको शिक्षा, साधना अध्ययन र अनुसन्धानको सबैभन्दा उच्च थलो भएकाले नेपाल भ्राण गर्नुपर्ने सुझाव दिए । उनले बुद्दका विविध पाटाबारे सुनाए ।

बिगतका वर्षहरुमा नेपाली एकता समाज फ्रान्सले यहि ठाउँमा बुद्द जयन्तिको कार्यक्रम गर्थ्यो । उसले आयोजना गरेका बेला यो कार्यक्रम बढि आकर्षक र उपस्थितिपनि उल्लेख्य हुने गर्थ्यो । धेरै संस्थाहरु सम्मिलित भएर आयोजना गरेकाले आफ्नो संस्थाले मात्रै जस लिन नपाउने हुँदा कुनैपनि संस्थाले ध्यान दिएको गुनासो आयोजक मध्येकै केहिले गरेका थिए । कार्यक्रम प्रभावकारि नहुनुको कारणका दोषहरु एक अर्काप्रति लगाउँदैपनि थिए ।

बिदेशीहरुमाझ उति प्रभावकारि बनाउन नसकिएपनि नेपाली नेपालीहरुबिच भेटघाट, रमाईलो र चिनजानको अवशर भने जुर्‍यो ।

तपाइँको प्रतिक्रिया