स्पेनको बिल्बाउमा नेपालबारे फोटो प्रदशनी मेला

स्पेनको बास्क कन्ट्री स्थित बिल्बाउ शहरमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि फोटो प्रदर्शनी शुरु भएको छ । नेपाली समाज पाईस भाष्कोको आयोजनामा बिहिबारदेखि शुरु भएको  यो प्रदर्शनी भिजिट नेपाल २०२० को प्रचार प्रसार गर्नकालागि हो । मेला १५ दिनसम्म रहने छ ।

प्रदर्शनीमा नेपालका विविध क्षेत्रका फोटो मार्फत नेपाली सिप, कला, संस्कृति  र भेषभुषा देखाऊन खोजिएको छ । विभिन्न बिधाका गरि यहाँ ३० वटा फोटोमार्फत नेपालको चित्रण गर्न खोजिएको छ ।

फोटोमा जानकी मन्दिर, चितवन राष्ट्रिय निकुन्ज र हिमाल, पहाड, तराईको संस्कृति देख्न पाइन्छ । १५ हजारले प्रत्यक्ष अवलोकन गर्ने र रेडियो, पत्रपत्रिका लगायतका मिडियाबाट धरै  माझ यो  कार्यक्रमको प्रत्यक्ष प्रभाव रहने विश्वास रहेको युवा ब्यवसायी, समाजसेवी राजेन्द्र सेढाईले बताए । उनले भने “यो ठाँउका धेरै स्पेनिस नेपाल प्रति जिज्ञासु छन् । हामीले तिनलाई आफ्नो छुट्टी नेपालमा अनाएर रमाउनुहोस भनेर यो प्रदर्शनी मार्फत निम्तो दिन खोजेका हौं ।’ बिदेशिएका नेपालीहरुले  आफ्नो ठाउँबाट युरोपेलीहरुलाई नेपाल घुम्ने निम्तो गर्न पनि उनले अनुरोध गरे । त्यस्तै एन आर एन पाईस भाष्को क्षेत्रीय कमिटिका पूर्व अध्यक्ष राम दाहालले आफूहरु  नेपाली नागरिक  हुनुको दाइत्व बोध गर्दै नेपाल सरकारले गरेको भ्रमण वर्ष २०२० कार्यक्रम  सफल गर्न साथ दिने संस्थागत सोच बनाएको बताए । सोहि सोच अनुसार पाईस भाष्कबासी नेपालीहरु मिलेर यो सम्भव बनेको हो ।

१५ दिनसम्मै आफुसंग भएको समय यहि ग्यालरी अबलोनककर्ताहरुसंग बिताउने र नेपाल घुम्न निम्तो दिने जानकारिपनि उनले दिए । त्यस्तै नेपाली समाज पाईस भाष्कोका उपाध्यक्ष रघुनाथ बिष्टले यो प्रदर्शनीले दुइ देशको भावान्त्मक सम्बन्ध अझ राम्रो र सुदृढ़ बनाउने बताए ।

कार्यक्रममा नेपाली समाज पाईस भाष्कोका सचिब सबिन बस्नेतले राम्रो कामको सुरुवात भएको र यसले संसारको अरु कुनामा पनि सकारात्मक भाव ल्याउने विश्वास ब्यक्त गरे ।

नेपाली पाईस भाष्को पाठशालाकि गुरुआमा तथा उद्मसिल महिला हेमलता सिंहले आफू पनि यो कार्यक्रमको हिस्सेदार बन्न पाएकोमा खुसि व्यक्त गरिन् । कार्यक्रममा मेड्रिडस्थित नेपाली दुतावासलेपनि सहभागिता जनाएको थियो ।

तपाइँको प्रतिक्रिया