गजल
–नेपोलियन मरहट्टा
टुक्रा टुक्रा बनाउन नापीएको देश मेरो,
त्यसैले त सिमनामा च्यापिएको देश मेरो ।
नेता भन्ने कुकुरलाई कुर्ची पाए हुँदो रैछ,
कुर्ची पाउन बन्दगीमा राखिएको देश मेरो ।
आफ्नै देश भित्र पनि डराई डराई बाँच्नु पर्ने,
किन होला जताततै भासिएको देश मेरो ?
उठाएर गैंची,बेल्चा ढुङ्गा फोर जनता हो…..
दुई ढुङ्गाको तरुल भै टाँसिएको देश मेरो ।
बिदेशी को जाल भित्र फँसाउन जनतालाई,
प्र.म. कुर्ची पासो भित्र थापीएको देश मेरो ।





