७० वर्षे जन्मदिन मनाउन सगरमाथा चढ्ने तयारि !

विश्व प्रसिद्द फ्रान्सेली पर्वतारोही मार्क वाता आफ्नो ७० औं जन्मदिन मनाउन सगरमाथाको आरोहण गर्ने तयारिमा छन् । उनी २४ घण्टा भन्दा कम समयमा विना अक्सिजन सगरमाथाको आरोहण गर्ने पस्चिमी मुलुकका पहिलो आरोही हुन् ।

यि फ्रान्सेली आरोहीले ३६ वर्षको उमेरमा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसपछि उनको प्रसिद्दी चौतर्फी चुलिएको थियो । अहिले उनी ६६ वर्षका भए ।

विना अक्सिजन छोटो समयमा सगरमाथाको सफल आरोहण गरेपछि उनलाई ‘एभ्रेस्ट स्प्रिन्टर’, सन अफ एभरेस्ट, सन ओअफ सगरमाथा (सगरमाथाको छोरो) नामले पनि चिनाउन थालियो । बच्चैदेखि हिमाल चढ्ने र हिमाली क्षेत्रको पथप्रदर्शकको काम गर्दै आएका उनले हिमाली जनजिवन, संस्क्रिति, हिमाल आरोहण र आफ्नो जिवनबारे पुस्तकपनि लेखेका छन् ।

सगरमाथा भन्ने सुन्दर नाम हुँदाहुँदै बेलायती ब्यक्ति एभरेस्ट भन्नेका नाममा यो हिमालको नाम बिगारिएको भन्ने उनको तर्क छ र उनी एभरेस्ट होइन सगरमाथा भन्ने अभियानकर्तापनि हुन् । उनले युरोपको सबैभन्दा अग्लो हिमाल मोँ ब्लँ, के टु, कालिमन्जारो लगायतका अन्य हिमालको आरोहणपनि गरेका छन् ।

उनले करिब १८ वर्ष भयो, हिमाल चढ्न छोडेको । तर आफ्नो ७० औं जन्मदिनको अवशर पारेर उनी फेरि सगरमाथा अरोहणमा जाने तयारिमा लागेका हुन् । सगरमाथा मा जानु अघि उनले अन्नपुर्ण (८,०४०मि) २०१९ मा, चो ओयु (८२०१मि) २०२० मा, मकालु (८४६३मि) २०२१ मा चढ्ने योजना बनाएका छन् ।

तपाइँको प्रतिक्रिया