सौराहामा हात्ती भोजको तयारि

हरेक वर्ष चितवनमा हात्तीहरुको मेला गरिन्छ । मेलामा हात्तीकालागि भोज दिने गरिन्छ । यस वर्षपनि हात्ती भोजका लागि तयारि शुरु गरिएको छ । यो वर्ष हात्ती महोत्सव डिसेम्बर २६ देखि ३० (पुष ११ देखि १५ गते) सम्म हुने छ ।

पर्यटकहरुलाई आकर्षण गर्नको लागि चितवनका पर्यटन ब्यवशायीहरुले हात्ती महोत्सव गर्छन् । हात्तीको दौड, हात्ती सुन्दरी छनौट, हात्तीको फूटबल खेल (हात्ती पोलो) र हात्तीलाई भोज खुवाउने लगायतका कार्यक्रम गर्दै आएका छन् । हात्ती महोत्सव मध्ये हात्तीलाई भोज दिने कार्यक्रमपनि गरिन्छ । सुन्तला, स्याउ, उखु र अन्य खानेकुराहरुको थुप्रो लगाइदिएर चितवन भरिका हात्तीहरुलाई भोज दिने गरिन्छ । यो हेर्न बिदेशी र स्वदेशी पर्यटकहरुको भिड लाग्छ ।

हात्ती महोत्सव पर्यटकहरु तान्नका लागि एक मुख्य माध्यम बनेको चितवनका पर्यटक ब्यवशायीहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया