गीत : देवताको बजार

-दिपक सुबेदी

भगवान मेरो मन्दिरमा बस्छन
मन अनी मस्तिस्कमा बस्छन

भन्छन छ यहाँ देवताको बजार
म मान्छु एक छन तस्विर हजार

नलगाए पिठ्युमा छुरा रोप्न मित्र बनेर
नसिकाए मेरो बाटो नहिंड्ने शत्रु भनेर

भलै पुज्छु ढुङ्गालाई जून बोल्दैन होला कहिल्यै
गर्छु विलाप सधैं चुपचाप सुनिदिन्छ जहिल्यै

स्वार्थको संसारमा आफ्नो कोही छैन
ठाने सब आफ्ना पराइ कोही हैन

पाहुना मेरा देवता हुन, बाबु आमा भगवान
सगरमाथा मेरो शिर हो यो देश पहिचान

जन्मभुमी मेरो स्वर्ग हो स्वर्ग सिङार्ने हौ हामी
कुल्चिइ प्यारो झन्डा प्रदेशमा नहोउ है ज्यामी

सिमानामा जङे ढल्नु हुँदैन
घर भित्र आगो बल्नु हुँदैन

अब पाखुरा बजारेर उठ्नुछ
यो देश बनाउनलाई जुट्नुछ

भगवान मेरो मन्दिरमा बस्छन
मन अनी मस्तिस्कमा बस्छन

तपाइँको प्रतिक्रिया