तिहारमा बत्ती नकाटियोस् भनेर कूलमान घिसिङ रातभरी बिजुली केन्द्रमा

लोडसेडिङ अन्त्य गरेर कसैले नपत्याएको काम गरेका कूलमान घिसिङले फेरि स्यावासी पाउने काम गरेका छन् । तिहारका बेला सबैको घर उज्यालो होस, कोहि अँध्यारोमा नपरोस । प्राविधिक समस्या देखिए तत्कालै सुल्झाउन सकियोस भनेर तिहारका बेला खासगरि लक्ष्मी पूजाका दिन बिद्दुत प्राविधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङ काठमाडौँको स्युचाटारस्थिति मुख्य स्टेशनमा रातभर नै बसेका थिए ।

लक्ष्मी पूजाको दिनसबैभन्दा बढि बिजुली खपत हुन्छ । गाउँ, शहर र टोकटोलकाले असाध्यै धेरै बत्ती बाल्छन्, झिलिमिली पार्न । यो दिन पहिले पहिले असाध्यै धेरै बत्ती जान्थ्यो । बत्ती धेरै बाली दिँदा धान्नै नसकेर स्टेशनमै समस्या अौँथ्यो । घरहरु अन्धकार बन्थे । तर यो वर्ष बत्ती गएन । बत्ती कम बालेर होइन कि कूलमान घिसिङले उचित ब्यवस्थापन गरेकाले हो ।

लक्ष्मी पूजाको दिन घिसिङ आफैं स्युचाटरको स्टेशनमा केहि ईन्जिनियरलाई सँगै राखेर आफू रातभर बसे । कुनै समस्या आएमा तत्कालै समाधान गरेर बिजुली निरन्तर दिईरहन सकियोस् भनेर उनी आफैं त्यहाँ बसेका थिए । आफ्नो घरमा तिहारको रमाईलो र रमझम छोडेर उनले आम नेपालीको रमाईलो र सुविधाका छानेका हुन् ।

तपाइँको प्रतिक्रिया