पेरिसका नेपालीको आवाज: निर्मलाको घटना त्यसै सेलायो, प्रहरीनै चुप लाग्छ कस्को के लायो

कन्चनपुरकि निर्मलाको घटना त्यसै सेलायो,

प्रहरीनै चुप लागेपछी कस्को के लायो

कन्चनपुरकी १३ वर्षिय वालिका निर्मला पन्त र माया विक लगायतका महिलाहरुमाथि भएको हत्या, हिंसा र बलात्कारका घटना बिरुद्द पेरिसमा भएको प्रदर्शनमा कलावती विकले सुनाएको गित हो यो । उनले यो गित गाउँदा धेरैलाई भावुक बनाएको थियो ।

नेपाली महिलाहरुमाथि भएका हत्या, हिंसा र बलात्कारका घटना बिरुद्द अन्तर्राष्ट्रिय रुपमापनि आवाज उठाउनुपर्ने भन्दै पेरिसका सचेत नेपालीहरुले सामूहिकरुपमा यो बिरोध प्रदर्शन आयोजना गरेका थिए । राजनितिक दल, संघ संस्था र कुनै वर्ग या समूदायको मात्रै घटना नभएकाले आम रुपमा सबैले समान चासोका सामूहिक रुपले यो घटनाका बिरुद्द आवाज उठाउन पेरिसका नेपालीहरुले आवाज उठाएका थिए ।

पेरिसको स्तालिनग्राद पार्क छेउमा आयोजित यो प्रदर्शनमा बिभिन्न संघ संस्थाका ब्यक्ति, महिला, लेखक, पत्रकार र सर्वसाधरणहरु जम्मा भएका थिए ।

प्रदर्शन शुरु गर्नुअघि हत्या र हिंसाबाट ज्यान गुमाएका आम नेपाली महिलाको स्मरणमा मैनबत्ती बालिएको थियो । सहभागिहरुले यो घटनाको सांकेतिक बिरोध स्वरुप कालो पहिरन लगाएका थिए । म्रितक महिलाहरुको स्मरणमा एक मिनेट मौन धारण गरेपछि महिला माथिको हत्या, हिंसा र बलात्कारका बिरुद्द गित, कथा, कविता र अन्य स्रिजनाहरु सुनाउन आग्रह गरिएको थियो ।

निर्मल अर्याल, अनुराध पौडेल, शोभा गजुरेल लगायतका ब्यक्तिहरुले निर्मला पन्त र अन्य महिलामाथिको अत्याचार र हिंसा बिरुद्द रचना सुनाएका थिए । पेरिसका ब्यावशायी रबिन शर्मा ओलीले अनुसन्धानकर्मीहरुको काम न्यायपूर्ण हुननसकेकाले यो घटनामा अपराधीहरुमाथि कारवाही र न्यायपूर्ण हुन नसकेको बताउँदै भने ‘न्याय र कानुन हातमा लिएकाहरु दोषी ठहरिएमा तिमाथि अन्य अपराधीहरुलाईभन्दापनि तेब्बरगुणा कारवाही हुनुपर्छ । नेपालमा त्यो कानुन छैन । अब त्यस्तो कानुन बनाएरपनि त्यस्तामाथि कारवाही हुनुपर्छ । यसकोलागि सरकारलाई दबाब दिनुपर्छ ‘

माया बिक र निर्मला पन्तको घटना समान प्रक्रितिको भएपनि ति घटनामा प्रहरीको शंकास्पद भूमिका देखिँदा प्रहरीतिरै औला फर्किएको र  घटना झन रहस्यमयी बनेको कविन्द्र कायस्थले बताए । एकै ठाउँमा भएका घटनामा क्षतिपूर्तीमासमेत ठूलो अन्तर आएको भन्दै उनले त्यसको बिरोध गरेका थिए । यि समान खाले घटनामा जात, समूदाय र आवाजबिहिन हुँदा माया विकमाथिको अत्याचारमा आम समूदायबाट कम आवाज उठ्नु अन्याय भएको भन्दै सुमित्त्रा बुर्लाकोटीले बिरोध जनाईन् । उनले ‘पार्टी, भोज, बारबा क्यु आयोजना गर्दा नेपालीहरुको भिड लाग्ने तर यस्ता सामाजिक अन्यायबिरुद्दका घटनाको बिरुद्दमा प्रदर्शन गर्दा भने उपस्थिति न्युन हुने गरेको भन्दै उनले प्रश्न गरिन् ‘हामी के चाहिरहेका छौं ? कस्तो समाज निर्माण गर्न खोजिरहेका छौं ?’

कुनैपनि राजनितिक दल, समूदाय र गुटको तर्फबाट यो कार्यक्रम आयोजना नगरिएको, सामाजिक न्याय र असमानता, हत्या र हिंसा बिरुद्दको प्रदर्शन भएकाले कार्यक्रममा यहि विषयमा मात्रै सिमित रहन नेपाली एकता समाजका संरक्षक तप्त भण्डारीले आग्रह गरेका थिए । यो प्रदर्शन पेरिसका आम सचेत नागरिकका तर्फबाट राखिएको र बिगतमा नेपालमा प्रजातन्त्र हरण हुँदा, अन्याय र अत्याचार हुँदापनि यहाँका नेपालीहरु यसैगरि देश र समाजको हितकालागि उठेको स्मरण निर्मल अर्यालले गराए ।

पेरिसमा बिहानैदेखि पानी, हावा र हुरी चलेकाले कतिपय रेलहरु गन्तब्यमा ढिलो पुगेका थिए । दर्कँदो पानीले गर्दा कतिपय नेपालीहरु कार्यक्रम स्थलम अपुग्न सकेनन् । तर पेरिस र त्यसको वरपरबाट धेरै नेपालीहरु पानीमा भिजेरै भएपनि उपस्थित भएका थिए ।

कार्यक्रमका तस्विरहरु नेपालप्लस डटकमको यो लिंकमा गएर हेर्नसक्नुहुने छ

https://www.facebook.com/pg/Nepalplus/photos/?tab=album&album_id=1837477719623123

तपाइँको प्रतिक्रिया