देशका मुख्य पत्रीकाका सम्पादकहरुद्वारा डा. केसीको मागमा ऐक्यबद्दता

देशका प्रभावशाली पत्रिकाका सम्पादक, पत्रकारहरुले डा गोबिन्द केसीले चिकित्शा शिक्षा क्षेत्रको सुधारका लागि राखेका माग अबिलम्ब पुरा गर्न सरकारसित माग गरेका छन् ।

कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले, नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल, अन्नपूर्ण पोष्टका राजाराम गौतम, नयाँ पत्रीका दैनिकका क्रिष्णज्वाला देवकोटा, हिमाल पत्रिकाका सम्पादक किरण नेपाल, कान्तिपुर टिभीका प्रशान्त अर्याल, सुधिर शर्मा लगायतका पत्रकारले डा केसीको सत्याग्रहमा ऐक्यबद्दता जनाउँदै त्यस्तो माग गरेका हुन् ।

यस अघिका सबै मुख्य दलहरुका सरकारले मागमा सहमती गरेपनि कार्यान्वयन नगरेका कारण सत्यग्रहको श्रिंखला १५ औं पटक पुगेको पत्रकारहरुले जारि गरेको अपिलमा उल्लेख छ । त्यहि कारणले गर्दा पटक पटक अन्शनमा बस्नुपरेकोले डा केसीको जिवननै संकटमा परेको सम्पादकहरुले जारि गरेको अपिलमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया