“क्रोएसियाको खेल शुरु नहुँदै फ्रान्सको बिजय” (फोटै फोटो)

क्रोएसिया र फ्रान्सका बिचमा विश्व कपको फाईनल हुने पक्का भएदेखिनै फ्रान्समा चर्को बहस चलेको थियो । रेडियो, टिभी, पत्रपत्रिकामा आफ्नो टिमको खेलको स्तर, अपनाउनुपर्ने अक्किल र क्रोएसियाको खेलको तरिकाबारे फ्रान्सेली बिज्ञहरुले खुब बहस चलाएका थिए । उनीहरुले छलफलका क्रममा भनेका थिए- क्रोएशियाको वास्तबिक खेल शुरु हुने अतिरिक्त समय थप भएपछि हो । अर्थात् डेढ घण्टा सम्म क्रोएसियाले सुरक्षात्मक खेल  खेल्छ । न गोल हान्छ न गोल हान्न दिन्छ । त्यसपछि थपिएको समयमा बल्ल गोल हान्ने हो । क्रोएसियाको यस्तो खेल शुरु नहुँदै फ्रान्सेली टिमले हराइदिने छ र तिनलाई वास्तविक खेल शुरु गर्न दिनेनै छैन । बहसमा फ्रान्सेलीहरुले भने जस्तै त भएन । पहिलो डेढ घण्टामै फ्रान्सले चार गोल गर्‍यो र क्रोएसियाले दुइ । अतिरिक्त समय नखेलिकनै पहिलो डेढ घण्टामै फ्रान्सले खेल टुंग्याइदियो । फ्रान्सेलीहरु जितमा पागल बनेर मैदानमा उत्रिन थालिहाले । 

सन् १९९८ पछि फ्रान्सले विश्व कप अहिले जितेको हो । २० वर्षपछि कप फर्काउन सफल भएको, विश्व बिजेता बनेको भन्दै लाखौं लाख फ्रान्सेलीहरु त्यसको खुशियाली मनाउन सडकमा ओर्लिएका छन् । फ्रान्सको राजधानी पेरिसमा जस्तै मासेई, लिल, बोर्दो, निस, लियों लगायतका दर्जनौं शहरमा लाखौं मानिसहरुले सडकमा ओर्लिएर खुशियाली मनाइरहेका छन् । यसरि खुशियाली मनाईरहेका बेला आतंककारि हमला हुनसक्ने आशंकामा सुरक्षा ब्यवस्था कडा पारिएको छ । तैपनि केहि समय अघि संजलिजे सडक वरिपरि केहि हुल्लडबाजहरुले केहि भवनमा चढेर भवनका सिसा फुटालेका छन् । फ्रान्समा खेलकूद भएका बेला जितेपनि जितको उन्माद र हार्दा हारेको उत्तेजनामा सार्वजनिक भवनमा ढुंगामुढा गर्ने, गाडीमा आगो सल्काउने गरेर हुलदंगा मच्चाउने गरेको पाइन्छ ।

(फोटो- ल मोंद, ल फिगारो, द गार्डिएन, पारि माच)

तपाइँको प्रतिक्रिया