पेरिसमा छैटौं तमुसमाज कप फूटबल प्रतियोगिता, सैनिक टोली प्रथम

पेरिसमा तमु समाज कप फूटबल आयोजना गरियो । शनीवार भएको यो फूटबल प्रतिस्पर्धा तमु समाजले छैठौं पटक गरेको हो । शनिवारको प्रतिस्पर्धामा फ्रान्सेली बैदेशिक सेनामा कार्यरत नेपालीहरुको टिम (नेपाली लेजियोनेयर) प्रथम भएको छ ।

फ्रान्समा संगठीत बिभिन्न नेपाली संघसंस्था तथा नेपाली नेपाली बिच भाईचारा बढाउने उद्देश्यले फूटबल प्रतिस्पर्धा राखेको तमु समाजले जनाएको छ ।

प्रतियोगीतामा गोर्खा ब्याईज दोस्रो भएको हो । प्रतियोगीता अवधिभर उत्क्रिष्ठ खेल प्रदर्शन गर्दै आफ्नो टीमलाई प्रथम बनाउन सफल नेपाली लेजियोनेयर ए टीमका खेलाडी युबक घले उत्कृष्ठ खेलाडी बन्न सफल भए । त्यस्तै, एन आर एन ए फ्रान्सका खेलाडी आशिस वाग्ले र गोर्खा ब्याईजका खेलाडी उत्तम लिम्बु दुबैले पाँच पाँच गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । यो खेल आयोजना गर्न तमु समाजका बिभिन्न ब्यक्तिहरुले आर्थिक र अन्य सहयोग दिएका थिए । समाजले ति सबैलाई धन्यावाद दिएको छ ।

(सबै तस्विर, तमु समाज फ्रान्स)

तपाइँको प्रतिक्रिया