सिके फ्रान्सेलीले नेपालीबाट मम बनाउने काईदा

पेरिसमा फ्रान्सेलीहरुले नेपाली मम बनाउन सिकेका छन् । उनीहरुले नेपालीहरुबाट मम बनाउने काईदा सिकेका हुन् । जुनको २ र ३ का दिन नेपाली सांस्क्रितिक ग्रिहले पेरिसको भाँसँ पार्कमा नेपाली मेला रखेको थियो । त्यहि मेलामा मम बनाउन सिकाउने कार्यक्रम थियो । त्यसमा थुप्रै फ्रान्सेली र अन्य देशका नागरिककोपनि भिड लाग्यो । मम कसरि बनाउने भनेर नेपालीहरुले  सिकाएका थिए । नेपालीहरुले बनाएको हेर्दै फ्रान्सेलीहरुले सिको गरेका थिए । आफूले बनाएको मम बफ्याउन दिएर आफैंले खान पाउने सुविधा भएकालेपनि मम बनाउनेहरुको भिड लागेको थियो । यस पटक अघिल्ला वर्षका मेलाहरुमा भन्दा यो नौलो कार्यक्रम राखेको र यसले धेरैलाई आकर्षक गरेको नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायले बताए ।

तपाइँको प्रतिक्रिया