राष्ट्र संघ भित्रको राजनितिक कार्यालय बन्द गर्न नेपाल सरकारको उर्दी

संयुक्त राष्ट्र संघको पुल्चोकस्थित कार्यालयमा रहेको राजनितिक मामिला हेर्ने कार्यालय नेपाल सरकारले तत्कालै बन्द गर्ने निर्णय गरेको छ । काठमाडौं ट्रिब्युनका अनुसार राष्ट्र संघ कार्यालयमा ‘युनाईटेड नेसन्स डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स (डिपिए)’ ले राजनितिक विषयमा क्रियाकलाप गर्दै आएको थियो । उक्त कार्यालय बन्द गराउने निर्णय सरकारले गरेको हो ।

सरकारको यो निर्णय संयुक्त राष्ट्र संघको पुलचोकस्थित कार्यालय र अमेरिकाको वासिङ्टन डिसी स्थित प्रधान कार्यालयलाई समेत दिईएको छ ।
नेपालको तराईलाई अलग पारेर अर्कै राज्य बनाउनुपर्छ भन्ने माग राख्दै आएका बिवादास्पद ब्यक्ति सिके राउतलाई सहयोग गर्ने बिदेशी संस्थासित सहकार्य गरेको र नेपालमा अन्य शंकास्पद राजनितिक संलग्नता रहेको भन्दै सरकारले उक्त कार्यालय बन्द गराउने निर्णय गरेको हो ।

माओवादी र सरकारबिचको शान्ति संझौतालाई टुंगोमा पुर्‍याउन भूमिका खेलेको अनमिन हिँडेपछि डिपिएले संयुक्त राष्ट्र संघमा कार्यालय स्थापना गरि काम गर्दै आएको थियो । डिपिएमा कार्यरत कर्मचारीले माओवादीलाई शान्ति सम्झौतामा ल्याउन प्रस्ताव गरिएको सेना समायोजनबिरुद्द काम गरेका थिए । यसबाटपनि सरकार सशंकित थियो ।

‘यो कार्यालय तत्कालै बन्द गरिएको छ’ काठमाडौंस्थित राष्ट्र संघको आवाशिय कार्यालय र प्रधान कार्यलयको भनाई भन्दै काठमाडौं ट्रिब्युनमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया