गजल

-बिशाल केसी, अफ्गानिस्तान

 

कल्पिएर कती बसुँ लौन मेरो सामु आउ

 

बिरानो यो संसारमा जताततै तिमी छाउ

 

तड्पाएर राख्छेउ किन छिया छिया मुटु पारी

 

माया गर्दै मुसारेर निको पार मेरो घाऊ

 

गलिसक्यो दुबै हात खियाउँदा थाकिसके

 

एक हात थामी दिई पारी तार मेरो नाउ

 

कर्ण कटु कोलाहाल गुन्जी राछ चारैतिर

 

मिठो मिठो स्वर हाली एउटा प्रेम गीत गाउ

 

भिड भाड मान्छे बिच म त एक्लो परेको छु

 

जुनी जुनी साथ दिने कुनै आफ्नै नाता लाउ

 

[email protected]

 

तपाइँको प्रतिक्रिया