हजारौंले हेरे पेरिसको नेपाली मेला (फोटो फिचर)

नेपालका विभिन्न भागका भेषभुषा, संस्कृति, नेपाली खाना, हस्तकला र पर्यटकिय आकर्षणका वस्तुहरुको प्रदर्शनी गर्दै पेरिसमा आयोजित दुई दिने मेला हिजो आइतवार सम्पन्न भएको छ ।

नेपालको सगरमाथा आरोहण गरेकि फ्रान्सेली पत्रकार तथा आरोही नाताली आमुरुले ‘ नेपालका अग्ला हिमाल आरोहण कसरि गर्ने ?’ भन्ने विषयमा प्रवर्शन दिएकि थि ईन् । उनले नेपालका हिमाल आरोहण गर्दाका रमाईला, चुनौतिनौति र अपनाउनुपर्ने प्रक्रियाका बारेमा प्रस्तुत गरेकि थिईन ।

त्यस्तै, नेपाली कलाकार सोमान लामाका थान्काहरुको धार्मिक आध्यात्मिक र सांस्क्रितिक महत्वका बारेमा फ्रान्सेली खोजकर्ता ज्याक एर्बोमेलले ब्याख्या गरेका थिए ।

फ्रान्सेली सांगितिक टोली त्रेभालभेदाले म्युजिक कन्सर्ट गरेको थियो ।

फ्रान्सेलीहरुलाई आफूले बनाएको मम पकाउन दिएर आफैंले खान पाउने मेसो मिलाएकाले मम बनाउन सिक्नेहरुको भिड दिनभरिनै थियो ।

दुई दिने मेला करिब पाँच हजारले अवलोकन गरेको जानकारि दिँदै मेला आयोजक नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायले भने ‘यो मेलाबाट धेरै फ्रान्सेलीले नेपालका बारेमा जानकारि लिएर नेपाल जान इच्क्षुक बनेका छन् । आगामी वर्षदेखि दर्शकहरुलाई थप कार्यक्रम दिएर मेला आयोजना गर्छौं ।’

तपाइँको प्रतिक्रिया