पेरिसमा १५ औं नेपाली मेला शुरु (फोटो फिचर)

फ्रान्सको राजधानी पेरिसमा हिजो शनिवारदेखि १५ं औ नेपाली मेला शुरु भएको छ । मेला आज आईतवार साँझसम्म चल्ने छ । सन् २००२ मा स्थापना भएको नेपाली सांस्कृतिक गृहले मेलाको आयोजना गरेको हो । पेरिसस्थित ब्वा द भाँसेन भन्ने पार्कस्थित बुद्दको विशाल मूर्ती भएको ठाउँमा मेला शुरु भएको हो ।

हिजो जुनको ०२ तारिख शनिवार र आज जुनको ३ तारिख आइतवार गरि दुई दिन चल्ने मेलामा नेपाली गरगहनाका, हस्तकला र अन्य विभिन्न सामाग्रिका थुप्रै स्टलहरु राखिएका छन् ।

मेलामा हिमाल, पहाड र तराईका विभिन्न लोक साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको छ । काठमाडौं उपत्यकाको लाखे नाच सहितको कुमारी जात्राले मेलामा विशेष आकर्षण गरेको छ । वरिष्ठ सितारवाधक ध्रुवेश चन्द्र रेग्मीको सांगितिक टोपी सुकर्मले शास्त्रिय एवं लोकसंगितमा कन्सर्ट गरेको छ । नेपालका ख्यातीप्राप्त कलाकार श्यामलाल श्रेष्ठले आफ्ना कलाहरुले ल्याएर स्टल राखेका छन् ।

नेपाली धुप, पस्मिना, अचार, चिउरा, मसला, पस्मिना, वाईवाई लगायतका बिभिन्न सामानहरुको प्रदर्शनी तथा बिक्रि गरिएको छ । नेपालका विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गरि ज्ञान हाँसिल गरेका विविध क्षेत्रका ज्ञाताहरुद्वारा विभिन्न विषयमा प्रवचन समेत दि ईेको छ ।यस्तो प्रवचन आजपनि हुने छ ।

मेलामा मम, सेल, रसवरी, जुलेवी, पकौडा, गहुँको रोटी, नेपाली दाल भात सहित विभिन्न नेपाली खानाको स्वाद समेत दर्शकहरुले लिएका छन् ।

नेपालमा पाठकहरुले अधिकांश रुचाएका र बढि रोचक तथा महत्वपूर्ण ठानिएका नेपाली पुस्तकहरुको बिक्रिकालागि स्टलसमेत राखिएको छ ।
मेलाको उद्घाटन महामहीम राजदूत लुइँटेल र नेपाली सांस्क्रितिक ग्रिह, फ्रान्सका अध्यक्ष हेमन्त उपाध्यायले संयुक्त रुपमा गरेका हुन् । उद्घाटन पछि राजदूत लुइँटेलले यो मेलाले फ्रान्समा नेपाल चिनाउन ठूलो भूमिका खेल्ने बताईन् । नेपालका कला संस्कृतिलाई विदेशीहरुबिच परिचित गराई नेपालको पर्यटकिय आकर्षणमा गर्न ठूलो यसले विशेष भूमिका खेल्ने भनाई उनको थियो ।

फ्रान्समा नेपालका विविध क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटकहरुलाई नेपालतिर आकर्षण गर्न, प्रवाशमा जन्मे हुर्केका नेपाली वालवालिकाहरुलाई नेपालसँगको साईनो जोडिराख्न, नेपालीहरुबिचको भेटघाट र एकता कायम राख्न, नेपालका विविध क्षेत्रको ज्ञान हासिल गर्न, आफ्नो कला कला र संस्क्रितिको महत्व बुझ्न र बुझाउन यस्तो मेला नेपाल सांस्क्रितिक ग्रिहले आयोजना गर्दै आएको ग्रिका अध्यक्ष हेमन्त उपाध्यायले बताए । १५ वर्षदेखि निरन्तर चल्दै आएको मेला करिब ४२ हजारले अवलोकन गरिसकेका छन् । मेलामा हरेक वर्ष केहि न केहि नौलो प्रस्तुति थप्ने गरिएको छ ।

तपाइँको प्रतिक्रिया