जुनको २ र ३ मा पेरिसमा नेपाली मेला हुँदै (कार्यक्रमको पूर्ण बिवरणसहित)

आगामी जुन महिनाको दोस्रो र तेस्रो दिन (june 03,  04) पेरिसमा नेपाली मेला आयोजना हुँदै छ । यो मेला नेपाल बिर्साउने खालको हुन्छ । अर्थात् यो मेलामा छिरेपछि नेपालकै कुनै ठाउँमा आयोजित मेला जस्तो लाग्छ । पेरिसको भाँसँमा रहेको बुद्दको प्यागोडा (la pagode de vincent) पार्कमा  यो मेला हुन लागेको हो । (मेला हुने ठाउँको ठेगाना अन्तिममा हेर्नुस्) ।

नेपाली सांस्क्रितिक ग्रिह, फ्रान्सले आयोजना गर्न लागेको यो मेला १५ औं पटकको हो । हरेक वर्षको मेलामा केहि न केहि नयाँ आकर्षण हुन्छ । यो मेला प्रवाशमा रहेका नेपाली र फ्रान्सेलीहरुको विशेष आकर्षण रहँदै आएको छ । युरोपमै आयोजना हुने ठूला नेपाली मेला मध्ये पर्छ यो पनि ।

मेला आयोजना गर्नुको मुख्य उद्देश्य नेपाललाई फ्रान्समा चिनाउनु । नेपाली खाना, नेपाली भेषभुषा, सांस्क्रितिक तथा धार्मिक र पर्यटकिय धरोहरहरुलाइ फ्रान्समा पहिचान गराएर नेपालको प्रवर्धन गर्नु हो । त्यस्तै, नेपाली भाषा, संस्क्रिति, साहित्य र नेपालको भौगोलिक महत्वलाई नेपालीहरुबिच चिनाउनेकालागिपनि मेलाले महत्वपूर्ण योगदान गर्दै आएको छ ।

नेपालमा अस्तित्वमा रहेका करिब ३६ जनजातिहरुको धार्मिक, सांस्क्रितिक पहिचान झल्किने खालको घर (नेपाली सांस्क्रितिक ग्रिह) बनाउने उद्देश्यले सन् २००२ मा नेपाली सांस्क्रितिक ग्रिह गठन गरिएको थियो । त्यो बेलादेखि नेपाललाई चिनाउने काममा ग्रिहले अहं भूमिका खेल्दै आएको छ । हालसम्म ४० हजारभन्दा बढि बिदेशीले यो मेला अवलोकन गरेको, यो मेलामा आएर नेपालका विविध आयामबारे जानकारि लिएको र नेपालप्रति आकर्षण भएकोपनि आयोजक संस्थाले जनाएको छ ।

ग्रिहले यस्तो मेला वर्षेनी गर्दै आएको छ । मेलामा आधुनिक एवं विभिन्न जनजातिका लोक गित र संगित तथा न्रित्यहरु देखाउने गरिन्छ ।  यो वर्ष दुई प्रसिद्द सांगितिक टोली सुकर्म र त्रिबल भेदा ले संगित सुनाउने छन् । कार्यक्रमको दोस्रो दिन अर्थात् जुन ०३ का दिन दिउँसो २ बजेदेखि ३ बजे (एक घण्टा) सुकर्मको टोलीले संगित सुनाएर आनन्दित तुल्याउने छ । समय हुनेकालागि पहिलो दिन साँझ सात बजेदेखि साँढे आठ बजेसम्म सुकर्मले संगित सुनाउने छ । दोस्रो दिन साँझ साँढे छ बजेबाट तिबल भेदा भन्ने अर्को सांस्क्रितिक टोलीले संगित सुनाउने कार्यक्रम छ ।

यो पटक नेपालका ख्यातीप्राप्त कलाकार श्यामलाल श्रेष्ठ र सोनाम लामाले पेन्टिङ गरेका कलापनि हेर्न पाइन्छ । काठमाडौं उपत्यकाको कुमारी देखाउने प्रचलनलाई यहाँपनि रथ तानेर जिवन्त तरिकाले प्रदर्शन गर्ने गरिएको छ ।

आँखै अगाडि पकाएको दालभात, सेकुवा, मम, सेलरोटी, अचार, पकौडा लगायतका नेपाली परिकारहरु चाख्न पाइन्छ। नेपालका नाङ्लो, थैली, चिया, कफी, माने, धुप, गरगहना जस्ता सयौं वस्तुहरु बिर्कि र प्रदर्शनीकालागि राखिन्छ । मेलाकै दौरानमा प्रसिद्द संगित टोली सुकर्मले संगित दिने छन् जुन निशुल्क रुपमा राखिएको छ । फ्रान्स र यस वरपर हुर्किएका वालवालिकाहरुको नेपालसितको सामिप्यता जिवन्त राख्न वालवालिकाहरुलाई मम सिकाउने कार्यक्रमपनि यो पटक विशेष महत्वकासाथ राखिएको छ ।

जुन २ र ३ मा हुने कार्यक्रम विस्त्रित रुपमा बुझ्न सांस्क्रितिक ग्रिहको पोस्टर हेर्नुहोला । कार्यक्रम के के छन् त्यसको बिस्तारपनि यसैमा दिईएको छ । कार्यक्रम हुने ठेगाना र कार्यक्रममा कसरि पुग्ने समाचारको अन्तिममा हेर्नुहोला ।

कार्यक्रम बारे कुनै जिज्ञासा भए सम्पर्क

Contact :

Mr Hemant UPADHYAY, Président de la MCN

06 18 08 77 51

ou [email protected]

मेला बारे थप जान्न मन लागे

www.maison-culturelledunepal.com

Email : [email protected]

Maison Culturelle du Népal 78/80 avenue de Flandres – 75019 Paris

Tél./fax : 01 42 09 66 32

कार्यक्रम हुने ठाउँ र समय

INFORMATIONS PRATIQUES :

Lieu : Pagode du bois de Vincennes

Lac Daumesnil – 75012 Paris – métro Porte Dorée

Dates : 02 et 03 juin 2018

Horaires : 11 h / 19 h

तपाइँको प्रतिक्रिया