यसरि लिएका रहेछन् फ्रान्सेली पूर्व राष्ट्रपतीले लिबियाबाट अबैध रकम

सन् २००७ को राष्ट्रपतिय निर्वाचन लिबियाका राष्ट्रपती मुअम्मर गद्दाफीसित करोडौं रकम अबैध तरिकाले लिएको आरोपमा फ्रान्सेली पूर्व राष्ट्रपती निकोला सार्कोजी आज पक्राउ परे । आज बिहानै सार्कोजीलाई जाँचबुझकालागि पेरिसको पश्चिम भागमा पर्ने नँतेयर भन्ने ठाउँमा भ्रस्टाचार र अनियमिततामा विशेषज्ञता हासिल गरेका उच्च प्रहरीहरुले पक्राउ गरेका थिए । त्यसपछि उनलाई सोधपुछ गरेका छन् ।

सन् २००७ मा मु म्मर गद्दाफीबाट अबैध रुपमा मोटो रकम लिएर निर्वाचन जितेको भन्ने अरोप पहिलेदेखि थियो । यसमाथि अनुसन्धानहरु भैरहेका थिए । अहिले अबैध रकम लिएको भन्ने थप सूचनाहरु पाएकाले अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पूर्व राष्ट्रपतीहरुका बारेमा यस्ता अरोप बेला बेला सुनिने गरेपनि भ्रष्टाचार र अबैध रकममा निर्वाचन जितेको यो घटना बिगत दश वर्षको समयमै सबैभन्दा गम्भिर हो । तर निकोला सार्कोजीले भने यसलाई निराधार र फसाउने नियतले रचिएको प्रपन्च भनेका छन् ।

उनलाई बल्ल पक्राउ गरिएपनि उनीमाथि यो आरोप निकै अगाडिदेखि लागेको थियो । सन् २०१३ मै यो शंकास्पद लेनदेनमाथि छानबिन शुरु गरिएको थियो । सार्कोजीमाथि भ्रस्टाचार गरेको, अबैध रकम ओअसारपसार, सार्वजनिक सम्पत्ती दुरुपयोग र बिदेशबाट अवान्छित रकम भित्र्याएर प्रयोग गरेको आदि आरोपमा भित्रि तरिकाले छानबिन शुरु गरिएको थियो ।

गद्दाफीको सरकारले सन् २००७ को राष्ट्रपतीय निर्वाचनमा सार्कोजीलाई पाँच करोड युरो दिएको भन्ने आरोपमा हाल अधिकारीहरुले मुख्य अनुसन्धान गरिरहेका छन् । बिदेशबाट यसरि भित्र्याइएको रकम बिदेशी सम्पत्ती बिना घोषणा भित्र्याउन नपाउने फ्रान्सेली कानुन बिरुद्दपनि हो । यो प्रावधानलेपनि यदि यो घटना पुष्टि भएमा कानुनको बर्खिलाप गरेकोमा सार्कोजी सजायँको भागिदार हुनुपर्छ ।

अबैध रकम लिएको बारे केहि कागजपत्र भेटेको केहि मेडियाकर्मीले पहिलेनै सार्वजनिक गरेका थिए । त्यो बेला सार्कोजीका निकट र पूर्व मन्त्री क्लोद जेअँले सन् २०१६ मा प्रमाण भनिएका ति कागजपत्र नक्कली भएको बताएका थिए । तर पछि फ्रान्सेली अदालतले प्राप्त कागजपत्रहरु मध्ये केहि सहि देखिएकाले यो घटनामथि गहिरो अनुसन्धानको खाँचो रहेको निर्णय सुनाएको थियो ।

जियाद तेक्कियद्दिन भन्ने लिबानी मुलका फ्रान्सेली धनाढ्य ब्यापारीले गद्दाफीद्वारा प्राप्त रकमले भरिएको सुटकेस सार्कोजीलाई दिएको भन्ने भनाई सार्वजनिक गरिदिएपछि अहिले यो घटना तातेको हो । उनले गद्दाफीका निकट ब्यक्तिबाट लिएर सार्कोजीलाई हस्तान्तरण गरेको बताएका हुन् । सोहि रकम बुझाउने चाँजोपाँजो मिलाउन आफू लिबियाको त्रिपोलिदेखि पेरिस तिन पटक आउने जाने गरेकोपनि सार्वजनिक गरे । प्रत्येक पटक पेरिस आउँदा १२ देखि १५ लाख युरोका दरले दुई सय र पाँच सयका नोटले भरेर सुटकेश ल्याएको बताएका छन् । त्यो रकम आफूलाई गद्दाफीका सैन्य जासुसका प्रमुखले दिएको उनको भनाई छ ।

फ्रान्सेली राष्ट्रपती भएका बेला निकोला सार्कोजीको गद्दाफीसितको संवन्ध शंकास्पद थियो । उनले आफू राष्ट्रपती भएपछि गद्दाफीलाई राज्यस्तरको भ्रमणमा निम्ता दिएर फ्रान्समा ठूलो स्वागत गरेका थिए । तर पछि सन् २०११ मा लिबियामाथि आक्रमण गर्ने नाटो राष्ट्रहरुको सैनिक अप्रेशनमा फ्रान्सलाईपनि सहभागि गराउने निर्णय गरेका थिए। यसरि हेर्दा जोसँग सहयोग लिएको हो उसैको हत्या गराउन सार्कोजीले भूमिका खेले ।

सन् २०११ मा गद्दाफीका पुत्र सफी अल इस्लाम गद्दाफीले आफ्ना बुवाबाट निकोला सार्कोजीले ठूलो रकम लिएर राष्ट्रपती निर्वाचन जितेको बताएका थिए । ‘उनी धोकेबाज हुन् । जसबाट रकम लिएको हो उसैको हत्यामा संलग्न भए । अरु मलाई थाह छैन, हाम्रो देशबाट लिएको रकम उनले लिबियाली जनतालाई फिर्ता दिनुपर्छ’ उनले भनेका थिए । तर निकोला सार्कोजीले यि सबै आरोपलाई अस्विकार गर्दै आएका छन् ।

उनलाई प्रहरीले ४८ घण्टासम्म हिरासतमा राख्न सक्छ । यो घटनाले सम्पूर्ण युरोपको राजनिति एक पटक तातेको छ । युरोपेली मेडियाहरुले यसलाई ठूलो विषयका रुपमा चर्चा गरेका छन् । फ्रान्समा यो घटना सिद्द भएमा हदैसम्मको कारवाही गर्नुपर्ने माग चर्किन थालेको छ ।

(द गार्डियन दैनिक लगायत अन्य एजेन्सीहरुको सहयोगमा)

तपाइँको प्रतिक्रिया